२०८१ मंसिर ७
                           

पाँचपोखरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाबीच भगिनी सम्बन्धका लागि सम्झौता

सिन्धुपाल्चोक ,८ मंसिर
सिन्धुपाल्चोकको हिमाली भेगमा रहेको पाँचपोखरी थाङपाल गाउँपालिका र बागमती प्रदेशको राजधानी तराई भेगमा रहेको हेटौँडा उपमहानगर पालिकाबीच भगिनी सम्बन्धका लागि समझदारी भएको छ । शुक्रवार आज पाँचपोखरी थाङपाल गाउँपालिका ४ स्थित नागीथाम डाँडा एवम् पेमाछल उद्यान केन्द्रमा गुरु रिन्पोछे (पदमा सम्भव) को प्रतिमा शिलान्यास कार्यक्रममा दुईपक्षबीच भगिनी सम्बन्धको लागि समझदारी भएको गाउँपालिकाले जनाएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा र हेटौँडा उपमहानगर पालिका प्रमुख मिनाकुमारी लामाबीच समझदारी पत्रमा हस्ताक्षर भएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइँकेलले बताउँनुभयो।

1700826908samjhauta1700834660.jpg

कार्यक्रममा हेटौँडा उपमहानगर पालिका प्रमुख मिनाकुमारी लामाले एक आपसमा सास्कृतिक धार्मिक ,जातिय विविधताका बिच एकता खोजिने बताउँनुभयो । हिमाली गाउँपालिका पाचँपोखरी र तराई क्षेत्र जोडिएको उपमहानगर हेटौडा बिचको विविधतालाई जोडिने बताउँनुभयो । पाँचपोखरीको विकासका लागि हेटौँडा उपमहानगरपालिका सधैँ साथमा रहने बताउनुभयो । उहाँले भगिनी सम्बन्धलाई उचाइमा पु¥याउन दुबैपक्षको महत्त्वपूर्ण भूमिका रहनुपर्ने उहाँको भनाई  छ । साथै गुरु पध्म सम्भवको मुर्ती निर्माणमा सहयोग गर्ने प्रतिवद्धता प्रमुख लामाको छ  ।

400654915_357170286865316_3164065198666230825_n1700834715.jpg

यस्तै  सोहि कार्यक्रममा बोल्दै  पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले मेयर लामाको प्रतिवद्धताकालागि आभार व्यतm गदैँ ईमान्दारी पुर्वक भगिनी सम्बन्ध निभाउने वचन दिदै हिमाली भेगमा रहेको पालिका र तराई भेगमा रहेको उपमहानगरपालिकाबीच भएको भगिनी सम्बन्धले आफूलाई खुशी तुल्याएको बताउनुभयो । आगामि दुई वर्षभित्र गुरु पध्म सम्भवको प्रतिमा निर्माण सम्पन्न गर्ने प्रतिवद्धता अध्यक्ष लामाको छ ।  ३ सय रोपनी क्षेत्रफलमा फैलिएको पेमाछाल उधान केन्द्रभित्र बौद्ध दर्शन अध्ययन विश्वबिधालय निर्माण ,उधान निर्माण रंगशाला निर्माण र प्याराग्लाईडिङ स्थल निर्माण गरिने अध्यक्ष लामाले बताउँनुभयो ।

399831925_1545985829548737_7800081276664700007_n1700834736.jpg

हेटौडा उपमहानगरपालिकाले गुरु रिन्पोछे (पदमा सम्भव) को ५१ फिट उचाइ भएको प्रतिमा निर्माणका लागि २० लाख सहयोग गर्ने सम्झौतामा उल्लेख छ । शिलान्यास कार्यक्रमकाबीच हेटौँडा उपमहानगरपालिकाकी प्रमुख लामाले मूर्ती निमार्णका लागी अझै एक करोड सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

viber_image_2023-11-24_18-50-00-4371700834760.jpg

viber_image_2023-11-24_18-50-00-4771700834766.jpg

viber_image_2023-11-24_18-50-00-3671700834760.jpg

प्रतिक्रिया दिनुहोस्