२०८१ भाद्र २३
                           

नवौं उद्योग दिवसको अवसरमा दुई उद्यमी सम्मानित

चौतारा । नवौं उद्योग दिवसको अवसरमा दुई उद्यमी सम्मानित भएका छन् ।बाह्रवीसे नगरपालिका वडा न ८ कि महिला उधमी एवं अन्जना टेलरिङ सेन्टरकी प्रोपाइटर परिमाया तामाङ र मेलम्ची वडा नम्बर १२ स्थित सिन्धु कृषि तथा पशु फर्मका प्रोपाइटर कृष्णप्रसाद तिवारी सफल उद्यमीको रुपमा सम्मानित भएका हुन ।

घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले शनिबार नवौं उद्योग दिवसको अवसरमा तामाङ र तिवारीलाई जिल्लाकै उत्कृष्ट उद्यमीको रुपमा सम्मान गरेका हो ।

सो अबसरमा प्रमुख अतिथि एवं चौतारा सागाचोकगढी नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष शिव श्रेष्ठले उद्योग व्यवसायको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले दिंदै आएको अनुदानहरुको सही सदुपयोग हुन नसकेको जिकिर गर्नुभयो ।

उहाँले अनुदानको कार्यक्रमलाई सही ढंगले अनुगमन गर्न नसक्दा र पहूँचका कारण अनुदान वितरण गर्दा दुरुपयोगको मात्रा पनि बढ्दै गएको बताउनुभयो ।
नेपाल पत्रकार माहासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले उद्योगधन्धा कलकारखाना बिना समृद्धिको सपना पुरा नहुने भन्दै राज्यले उद्योगधन्धा र कलकारखानामा बढीभन्दा बढी लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका सदस्य उजारसिं तामाङले उद्योगी, व्यवसायीहरुले कानुनीरुपमा धेरै झमेला बेहोर्नु परेको भन्दै सरकारी नीति र कानून उद्योग व्यवसायी मैत्री हुनुपर्ने बताउनु भयो । कार्यक्रममा डिमेगाकी अध्यक्ष सानुमाया गुरुङ, सम्मानित व्यक्तित्व कृष्णप्रसाद तिवारी र परीमाया तामाङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालमा भएको कार्यक्रमको अध्यक्षता घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विश्वनाथ काफ्लेले गर्नु भएको थियो ।कार्यक्रमको सन्चालन कार्यालयका प्रवीणकुमार बस्नेतले गर्नुभएको थियो भने स्वागत मनकुमारी लामाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्