२०८१ मंसिर ७
                           

ज्यामिन तामाङको हातमा अखिल (क्रान्तिकारी) पाँचपोखरी थाङपालको नेतृत्व

अखिल (क्रान्तिकारी) पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोकको तेस्रो गाउँपालिका सम्मेलन शनिबार तिपेनीमा सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागबती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ को प्रमुख आतिथ्यता र संगठनका केन्द्रीय उपमहासचिव प्रशुन कार्कीको विशेष आतिथ्यतामा सम्पन्न सम्मेलनबाट ज्यामिन तामाङ नेतृत्वको २९ सदस्यीय पालिका समिति निर्वाचित भएको अखिल (क्रान्तिकारी) पाँचपोखरी थाङपाल गाँउपालिका इन्चार्ज निश्चल संजेलले जानकारी दिनुभयो । मन्त्री दुलालले निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्