२०८१ भाद्र २३
                           

साेमबार गौरती भिमशेन मन्दिरमा भव्य मेला लाग्दै (भिडियो सहित)

सिन्धुपाल्चोक ,१०मङ्सिर – चाैतारा सागाचाेकगढि नगरपालिका वडा नम्बर ६स्थित गौराती भिमशेन मन्दिरमा हरेक बर्ष झै याे पटक पनि मङ्सिर ११ गते साेमबारदेखि भव्य मेला तथा जात्रा लाग्दै छ । सदरमुकाम चौताराबाट नजिकैको दुरीमा रहेको गौरती भिमसेनमा कात्तिक शुक्ल पुर्णिमाको दिन लाग्ने मेला जिल्ला कै सबैभन्दा ठुलो धार्मिक मेला हो ।

त्यस मेलामा आ-आफ्नो संस्कृती अनुसार नाचगान, सांगितिक कार्यक्रम, लोक भाका, सेलो गित मुख्य आकर्षणको रुपमा रहेको हुन्छ । साथै यसै मेलालाई मध्यनजर गर्दै यहाँको स्थानिय युवा सम्मेलित गौरती युथ क्लबले साँस्कृतिक कार्यक्रमको समेत आयोजना गर्दै छ । त्यस कार्यक्रममा राष्ट्रीय देखी स्थानिय स्तरका कलाकार तथा हास्यकलाकाहरुले आफ्नो प्रस्तुती दिदै छन ।

साे दिन जिल्ला विभिन्न भेगका साथै बाहिरी जिल्लाहरुबाट पनि भक्तजनहरु पुजा आराधानाको लागी गौरती आउँने गर्छन ।विशेषता यो जात्रा दुई दिन सम्म चल्नेछ ।

चौताराको पुरानो बजारको गुठीघरबाट भिमसेनको मुर्तीलाई रथयात्रा गराई पुर्णिमाको रात गौरती भिमसेन सँग मिलन गर्छन्। एकादशीको दिन पुन: गुठी घर मै फर्काइन्छ । गुठीका सम्पुर्ण सदस्यहरुले पनि आ-आफ्नो घरमा पुजा गर्छन । सिन्दुरे जात्रा सँगै भोली पल्ट यो जात्राको विधीपुर्वक समापन गराईन्छ ।

साथै  मेलाको अवसरमा अाईतबार मन्दिर आसपास र गौराती सांस्कृतिक साँझ २०८० को सन्दर्भमा नगरउपप्रमुख सीता  थापा ,वडा अध्यक्ष शिव श्रेष्ठ , सुरक्षा निकायले अबलोकन तथा निरीक्षण समेत गरेका छन् । मेलाकाे सम्पूर्ण  तयारी भने पूरा भएको अायाेजकले जनाएको छ। यस मेलामा सहभागी बनौँ र भव्य रुपमा सफल पारौँ ।

प्रतिक्रिया दिनुहोस्