सिन्धुपाल्चोक । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्य पहाडी लोकमार्ग निर्माण नसक्दै भत्किन थालेको छ ।
सिन्धुपाकल्चोकको दोलालघाटदेखि बाहुनेपाटीसम्मको ३१ किलोमिटर सडक खण्डको विभिन्न ठाँउमा सडकको छेउ पर्खाल, नाली, पिच र पहिरोले सडक भत्किएको हो । कतिपय ठाउँमा फिलिङ माटोमाथि नै पिच गरिएकाले सडक चर्किएको इन्द्रावाती गाउँपालिका भिमटारका गणेशप्रसाद अधिकारले गुनासो गरे ।
ठाउँ–ठाउँमा सडक भत्किएर खाल्डो परेको छ । सडक निर्माणको ठेक्का लामा डाँफे गोल्डेन गुड जेभी कम्पनीले लिएको हो । सडक सकिएको खण्डमा पर्ने स्थानमा पुल नबन्दा सडक अपूरै छ । भोटसिपा र भिमटार क्षेत्रका सडक खण्डमै पर्ने पुल निर्माणको काम पनि अलपत्र छ ।
पुल र सडक निर्माणको कामले गति लिन नसक्दा अझैपनि यातायात सञ्चालन हुन सकेको छैन । जसकारण यसक्षेत्रका स्थानीय जोखिम मोलेर पैदल यात्रा गर्न गर्न बाध्य छन्। कान्तिपुर टिभी
प्रतिक्रिया दिनुहोस्