२०८१ कार्तिक २
                           

चौतारा–नवलपुर–मेलम्ची सडक स्तरउन्नति कार्यको शिलान्यास

चौतारा ,१५ मंसिर
सिन्धुपाल्चोकको चौतारा–नवलपुर–मेलम्ची सडक खण्डको कालोपत्रे कार्य शुरु भएको छ । चौतारा देखि मेलम्ची सम्मको सडक खण्ड अन्तर्गत हाल चौतारा देखि झ्याडी सम्मको ८.२ किलोमिटर सडकको कालोपत्रे गर्ने कार्यको शुरु भएको हो । उक्त कार्यको लागि शिद्वबाबा कन्स्ट्रक्सन प्राली शान्तिनगर ३१ काठमाडौंले २६ करोड ८२ लाख ९३ हजार २ सय साठीमा २ वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बिच बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल सरदले उक्त सडक खण्ड कालोपत्रे कार्यको शिलान्यास गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्