२०८१ भाद्र २३
                           

इन्द्रावती लगायत मेराे क्षेत्रका सबै बाटाहरू पिच हुँदैछन : मन्त्री दुलाल

 

सन्ताेष सिग्देल / नवलपुर – बागमती प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले आफ्नाे निर्वाचन क्षेत्रका सबै मुख्य सडकहरू कालाेपत्रे हुँदै गएकाे बताउनुभएकाे छ ।

इन्द्रावती गाउँपालिका ४ मा अवस्थित श्री नाैली महादेव महिला बिकास वचत तथा ऋण सहकारी संस्था ली काे १३ औँ बार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री दुलालले इन्द्रावती लगायत आफ्नाे निर्वाचन क्षेत्रका सबै बाटाहरू पिच हुने बताउनुभएकाे हाे । साथै मेलम्चीमा पक्की पुलकाे ठेक्का चाँडैनै हुन लागेकाे समेत उहाँले बताउनुभयाे । सिन्धुपाल्चाेककाे समग्र बिकासकाे लागि आफु लागीपरेकाे उहाँकाे भनाई छ ।

चुनाबकाे बेलामा तालि खाने भाषण मात्र गर्न नहुँने भन्दै काम पनि गर्नुपर्ने उहाँले बताउनुभयाे । “मैले आफ्नै हातले हस्ताक्षर गरेर बजेट परेकाे चाैतारा नवलपुर बाटाेकाे कालाेपत्रेकाे शिलान्यास गरेँ”, उहाँले भन्नुभयाे । चुनावमा बाेलेका कुराहरू सबै पूरा गर्नेतर्फ आफु लागेकाे बताउनुभयाे ।

आफुले यश सहकारीलाई ४ पटक प्रदेश बाट बजेट हालेकाे बताउँदै अब सहकारीमा राजनिति हुन नहुँने धारणा राख्नुभयाे । सहकारीमा राजनितीक भाषण हुन नदिने अवस्था सृजना हुनपर्ने उहाँकाे भनाई छ ।

“हामीले सबैकाे अस्तित्वलाई स्विकार्नुपर्छ”, दुलालले भन्नुभयाे “जनतालाई तालि पिट्न लगाएर सस्ताे लाेकप्रियता खाेज्ने काम युवा नेताहरू बाट नहाेस” ।

प्रतिक्रिया दिनुहोस्