२०८१ मंसिर ६
                           

सिन्धुमा सेन्ट् जेभियर्सका विद्यार्थीहरुको ग्रामीण शिविर सम्पन्न

 

तिम्बु, हेलम्बु ।

मंसिर १५, २०८०

काठमाडौ माइतीघरस्थित सेन्ट् जेभियर्स् कलेज, मानविकी संकायअन्तर्गत (स्तानक तह) पत्रकारिता तथा अग्रेजी साहित्य र मनोविज्ञान (दोस्रो तथा चौथौ वर्षका) विद्यार्थीहरुले ग्रामीण सिकाइँ शिविर सफलताका साथ सम्पन्न गरेका छन् ।

मंसिर १० देखि १५, २०८० सम्म संचालित सो शिविरअन्र्तगत ५७ विद्यार्थीहरुले हेलम्बु तिम्बुस्थित श्री गोल्मादेवी माविका विद्यार्थी तथा स्थानीय समुदायसँग अन्र्तक्रिया गरेका थिए । कलेजको नियमीत कार्यक्रमअनुसार विद्यार्थीहरुले ग्रामीण समुदायसँग घुलमिल हुने, त्यहाँको जीवनशैली र जनजीविकाबारे अध्ययन तथा अवलोकन गर्ने र आफुले जानेका ज्ञानगुनका कुराहरु स्थानीय विद्यार्थीहरुसँग आदनप्रदान गर्नुपर्छ ।

६ दिने यस कार्यक्रममा विद्यार्थीहरुले मिडिया साक्षरता, लेखनकला, मनोविज्ञान तथा लैंगिकतासम्बन्धी विषयहरु समेटेका थिए । आदिवासी ह्योल्मो समुदायका जीवनशैली तथा जनजीविकाको अवलोकन गर्नुका साथै विद्यार्थीहरुले ३७७१ मिटर उचाइँमा अवस्थित आमायाङ्ग्रीसम्म पैदलयात्रा पनि गरेका थिए ।

शिविरको समन्वय मनोविज्ञानविज्ञ शिक्षिका सलोनिका न्यौपानेले समन्वय गर्नुभएको सो शिविरमा पत्रकारिता संकायप्रमुख चुनबहादुर गुरुङ, मानविकी विभागिय प्रमुख शिशिरकुमार भुसालसमेत सामेल थिए।

शिविर अवधिमा विद्यार्थीहरु भित्तालेखन तथा बाटो सरफाइँकार्यक्रममा समेत सहभागी थिए । शिविरपश्चात् उनीहरुले एक नमूना शिक्षक तथा एक एकल महिला व्यवशायीको जीवनसंघर्षसमेत लेख्नेछन् ।

शिविरको समन्वय मनोविज्ञानविज्ञ शिक्षिका सलोनिका न्यौपानेले समन्वय गर्नुभएको सो शिविरमा पत्रकारिता संकायप्रमुख चुनबहादुर गुरुङ, मानविकी विभागिय प्रमुख शिशिरकुमार भुसालसमेत सामेल थिए।

प्रतिक्रिया दिनुहोस्