२०८१ भाद्र २३
                           

चैत्र मसान्त भित्र नौबिसे–चौतारा सडक खण्ड कार्य पूरा गर्न सांसद सापकोटाको निर्देशन

सिन्धुपालचोक १८ मंसिर
नौबिसे –चौतारा सडक खण्डका ठेकेदार कम्पनी र पुर्वाधार बिकास कार्यालयका प्रतिनिधि बिच बैठक बसेको छ । सोमबार सांसद माधब सापकोटा सुबोधको विशेष पहलमा ४ न. वडाध्यक्ष कुमार शर्माको अध्यक्षतामा ठेकेदार कम्पनी र पुर्वाधार विकास कार्यालयका प्रतिनिधि बिच बैठक बसेको हो ।

उक्त बैठकमा चौतारा –कुविण्डे नौबिसे सडक खण्ड तत्काल पूरा गर्न ठेकेदार कम्पनी र पुर्वाधार बिकास कार्यालयय सिन्धुपाल्चोकलाई एक हप्ता भित्र कार्य सुचारु गर्न निर्देशन दिईएको छ । सांसद सापकोटाले चैत्र मसान्त भित्र कार्य पूरा गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्