सिन्धुपाल्चोक ,१९ मङ्सिर – बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले स्थानीय फुल्पिङ्कोट माविलाई प्रविधि मैत्री बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।
मंगलबार विद्यालयको ६१ औं बार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष तामाङले सो प्रतिवद्धता जनाउनुभएकाे हाे।
वडा नं २ स्थित फुल्पिङ्कोटमा रहेको सो विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उनले खेलमैदान निर्माणको लागि समेत आवश्यक स्रोतको व्यवस्था गर्ने प्रतिबद्धता तामाङकाे छ।
प्रतिक्रिया दिनुहोस्