२०८१ भाद्र २३
                           

आयुर्वेद स्वास्थ्य केन्द्रमा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम सुरु

चौतारा । सिन्धुपाल्चोक चाैतारास्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा मुख्यमन्त्री जनता जनता स्वास्थ्य कार्यक्रम सुरु भएको छ।

मङ्गलबारबाट सुरु भएको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले आफ्नो स्वास्थ्य परीक्षण गर्दै उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रकी प्रमुख एवं डाक्टर अन्जु कार्कीले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान ८ बजेबाट १० बजेसम्म सञ्चालन हुने बताउनुभयो ।

मुटु तथा रक्तनली, दम मधुमेह, क्यान्सर र सोबाट हुने मृत्युदर घटाउने उद्देश्यले सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । नसर्ने रोगहरुको समयमा नै पहिचान गरी उचित परामर्श, स्वस्थ व्यवहार, परीक्षण, निदान र उपचार गरी नसर्ने रोग जटिल हुन नदिनका लागि ३० वर्ष माथिका उमेर समूहलाई आर्थिक सहायता तथा सहुलियतका साथ स्वास्थ्य केन्द्रले सहजीकरण र व्यवस्थापन गरिएको हो।

आज मंगलबार भएको स्वास्थ्य परीक्षण कार्यक्रममा १६ जनाले आफ्नो स्वास्थ्य परीक्षण गरेको डाक्टर कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्