२०८१ भाद्र २३
                           

२ दिने आधाभुत आँखा उपचार तालीम मेलम्चीमा सम्पन्न

सिन्धुपाल्चोक ,२६ मङ्सिर – तिलगंगा आँखा अस्पताल तिलगंगा सामुदायिक आखा केन्द्र मेलम्चीको आयोजना, मेलम्ची नगरपालिका संगको समन्वय र भिजन हिमालयको सहयोगमा २ दिने आधाभुत आँखा उपचार तालीम मेलम्चीमा सम्पन्न भएको छ ।

पहिला स्वास्थ्य स्वयंसेविकाहरुको लागी आधारभूत आँखा उपचार तालिम र विद्यालय शिक्षक तथा विद्यालय नर्सहरुको लागी आधारभूत आँखा उपचार तालिम प्रदान गरिएको तिलगंगा सामुदायिक आखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले जानकारी दिनुभयो ।

तालिम २ दिन प्रदान गरिएको हो । अन्धोपन न्यूनीकरण गर्ने उदेश्यले तालिम सञ्चालन गरिएको भट्टले बताउनुभयो । दृष्टि र दृष्टी दोष सम्बन्धी ज्ञान तथा दृष्टी परिक्षण गर्ने सिप प्रदान गर्ने, आँखाका सामान्य रोगहरुको निदान र परामर्श सम्बन्धि जानकारी दिने,टर्च लाइटको प्रयोग गरि आँखा परिक्षण गर्ने, आँखा रोगहरुको बारेमा उचित सल्लाह तथा परामर्श दिई उपयूक्त केन्द्र तथा अस्पतालमा सहि तरिकाले प्रेषण गर्ने,तिलगंगा आँखा प्रतिष्ठान र सम्बन्धित आँखा केन्द्र वा अस्पतालका सेवाहरुको बारेमा जानकारी दिने,उद्धेश्यले तालिम आयोजना गरिएको भट्टले बताउनुभयो ।

तालिमको तिलगंगा आखा केन्द्रका बरिस्ठ अधिकृत रामसिङ तामाङ र आशिष भट्टले सहजीकरण गर्नुभएको थियो । साथै पुस १५ गते सम्म दृस्टिदोष भएका विद्यार्थीहरुलाई १ हजार सम्म पर्ने चस्मा निशुल्क प्रदान गरिने तिलगंगा सामुदायिक आखा केन्द्र मेलम्चीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्