२०८१ भाद्र २३
                           

पाचँ वर्षको कार्यकालमा तपाईहरुले भनेको भन्दा बढी काम गछौँ : मन्त्री मोहन बस्नेत

सिन्धुपाल्चोक ,२६ मंसिर
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताउँनुभएको छ । मंलबार चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित इर्खु माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य सहज तथा निःशुल्क हुने  बताउँनुभएको हो ।

410695235_4482574875301004_7452130345715633281_n1702385539.jpg

मन्त्री बस्नेतले भन्नुभयो , ‘शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा  आफु पहिलै देखि निरन्तर लाग्दै आएको छु।  यही सरकारले कक्षा १२ सम्मको शिक्षा निःशुल्क घोषणा गरेरै छोड्छ । यसले शिक्षा क्षेत्रमा ठुलो परीवर्तन आउने छ । आर्थिक अबस्था कमजोर भएका जनताका छोराछोरीलाई निशुल्क हुनुपर्छ भनेर जोड दिएको छु ।’

सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका , त्रिपुरासुन्दरी गाउँपालिका , भोटेकोशी गाउँपालिकाले १२ कक्षा सम्म निशुल्क पढाईरहेको भन्दै अब यो निशुल्क शिक्षा अभियानलाई  धेरै समय कुर्न नपर्ने बताउँनुभयो ।

410665906_4482574808634344_5448392628013630244_n1702385572.jpg

साथै आफु स्वास्थ्य मन्त्री भएकोले स्वास्थ्य क्षेत्रमा फटाफट काम गर्ने प्रतिवद्धता जनाउँनुभयो । उहाँले भन्नुभयो , ‘ ५ वर्षको कार्यकालमा भनेका भन्दा बढी काम गरेर देखाउने छु । हम्रो काम विकास निमार्णमा सहयोग गर्ने नै हो । आफ्नो जिम्मेवारी भन्दा पनि बाहिरा  गठबन्धन नै मिलेर काम गर्ने छौँ ।  जिल्लाको चौतारा अस्पतालमा पनि डाएलेसिस सेवा सुरु गर्नु भनेर पटक पटक भनेको छु यो काम चाडो गर्न अनुरोध गर्छु । चौतारा अस्पतालमा स्तर उन्नती राम्रो भयो भने जिल्लाका जनताले मात्रै नभई देशभरीका जनताले उपचारको क्षेत्रमा राहत पाउने छन्।’

उपचार खर्च नपाएर कोही नेपालीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता नरहने विश्वास मन्त्री बस्नेतको भनाइ थियो । संघीय सरकारले ठूला आयोजना, प्रदेश सरकारले मझौला र स्थानीय तहले साना तथा केही मझौला आयोजनामा ध्यान दिनुपर्ने र  व्यक्त गर्नुभयो ।

410632425_4482575051967653_997674079110391937_n1702385598.jpg

410665906_4482574808634344_5448392628013630244_n1702385572.jpg

प्रतिक्रिया दिनुहोस्