२०८१ भाद्र २३
                           

जुगल हिमालमा पर्यटक भित्र्याउने उपायबारे छलफल

सिन्धुपाल्चोक २७ मङ्सिर –  जुगल गाँउपालिकाले जुगल हिमालमा पर्यटक भित्र्याउने विभिन्न उपायबारेको छलफल गरेकाे छ । मंगलबार नेपाल दक्षिण कोरिया मित्रताको ५० औं बर्षको अवसरमा हिमाल आरोही तथा समाजसेवी क्याप्टेन उम हङ गिलको नेतृत्वमा हिमाल आरोहीहरु जुगल हिमाल आउने विषयमा गाउँपालिकासँग छलफल भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिनुभयाे।

गिल नेपाल सरकारबाट मानार्थ नेपाली नागरिकताप्राप्त बिगत लामो समय देखी नेपालमै समाजसेवामा लागिरहेका कोरियाली नागरिक हुन् । काठमाडौंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल र पालिकामा पर्यटक भित्र्याउन पालिकाको नेतृत्वले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रचार एवं कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्