२०८१ भाद्र २३
                           

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा श्री रत्न राज्य माबि प्रथम

निर्मल बस्नेत – सेलाङ(२०८० मंसिर २९) जुगल गाउँपालिकाकाे पाचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० मा श्री रत्न राज्य माध्यमिक बिद्यालय चनाैटे प्रथम भएकाे छ ।
जुगल गाउँपालिकाको आयोजनामा बिहिबारबाट सुरु भएकाे २ दिने प्रतियोगितामा ११ स्वर्ण १० रजत र २ कास्यसहित रत्न राज्य प्रथम भएकाे हाे । त्यस्तै १० स्वर्ण ७ रजत २ कास्यसहित रामेस्वर माबि द्वितीय, ८ स्वर्ण २ रजत ५ कास्यसहित सेलाङ माध्यमिक बिद्यालय,सेलाङ तृतीय भएकाे छ ।

प्रतियोगितामा ५ स्वर्ण ५ रजत ३ कास्यसहित जलदेबि माबि हगाम चतुर्थ, ४ स्वर्ण ७ रजत ६ कास्यसहित कालीदेबि माबि पाङताङ पाँचौ, १ स्वर्ण ३ रजत ३ कास्यसहित सेतिदेबि माबि छैटौं , १ स्वर्ण ३ रजत २ कास्यसहित भिमसेन माबि गाेल्चे साताै , २ रजत ३ कास्यसहित बनकालीदेबी माबि आठौं र सेतिदेबि माबि बराम्चिले नवाै स्थान हासिल गरेका छन् ।

प्रतियोगिता बिजेता बिद्यालय र खेलाडीहरूलाई सिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र गाउँपालिका अध्यक्ष रेशम स्याङ्बाे , उपाध्यक्ष हिमालकुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत लाेक बहादुर बिकले बितरण गरेका थिए ।

प्रतियोगिता समापन कार्यक्रममा  वडा अध्यक्षहरु, बिद्यालयको प्रअहरु, स्थानीय समाजसेवीहरुको आतिथ्यता र बिद्यार्थी , अभिभावक स्थानीयहरुको सहभागिता रहेको थियो ।

गाउँपालिकाको ९ वटा बिद्यालयकाे सहभागितामा प्रतियाेगिता सम्पन्न भएकाे २ दिने प्रतियोगितामा कराँते, भलिबल, हाईजम्प, लङजम्प, दौड, ज्यबलिङ थ्रो, सर्टफुट लगायत खेलहरुको प्रतियोगिता गरि सम्पन्न गरिएको शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्