२०८१ भाद्र २३
                           

चण्डेश्वरी महिला सहकारीको प्रगति उदाहरणीय

सिन्धुपाल्चोक १ पुस-  चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं ६ पीपलडाँडास्थित श्री चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले व्यावसायिक उन्नति गरेकाे पाइएकाे छ । सहकारीको १७ अाै वार्षिक साधारणसभामा अध्यक्ष ज्ञानी बस्नेतले सहकारीको कूल पुँजी एक कराेड २२ लाख पुगेकाे बताइन् । ८७ लाख ऋण लगानी गरिएको र सबै कर्जा सुरिक्षित रहेकाे उनले सुनाइन् ।


२५ जना महिलाले सय/सय रुपैयाँ उठाएर २०६३ सालमा सुरु गरिएको याे सहकारीमा अहिले दुई सय ६६ सेयर सदस्य छन् । संस्थामा सबै महिलामात्रै छन् ।

ग्रामीण बस्तीमा खेतीकिसान गरेर उत्पादन भएको सामग्री बेचेर जाेहाे गरेकाे रकम सहकारीमा जम्मा गरेर यति ठूलाे परिमाणमा कूल पुँजी बचत भएको हाे । सहकारीकी व्यवस्थापक विष्णुदेवी कुवँरले लेखा प्रगति सुनाएर सहकारीको उन्नति प्रस्तुत गरेकी हुन् । सहकारीको निर्माणाधीन भवन पनि छ ।


साधारणसभामा प्रमुख अतिथि ६ नं वडाका अध्यक्ष हेमबहादुर तामाङले महिला दिदीबहिनी सहभागी सहकारीलाई सकेकाे साथ दिने वचन दिए । काभ्रेको बनेपास्थित नव जालुकी बचत तथा ऋण सहकारीकी प्रमुख जमुना पुरी, पूर्वजिसस उपप्रमुख बालकुमारी सापकोटा, जनप्रतिनिधि सञ्जय तामाङ , स्थानीय क्लब, खानेपानी, वन र विद्यालयका प्रतिनिधिले सहकारीको थप प्रगतिकाे शुभकामना व्यक्त गरे ।

साधारणसभा सहकारीकी सचिव रञ्जना गिरीले सञ्चालन गरेकी थिइन् । सभामा सबै महिला सेयर सदस्यकाे सहभागिता थियाे । महिलामात्रै संलग्न यस सहकारीको प्रगतिबाट सबैले सिक्न जरुरी रहेकाे स्थानीयकाे भनाइँ छ ।

प्रतिक्रिया दिनुहोस्