२०८१ भाद्र २३
                           

सांसद सापकोटाको पहलमा  भोटेकोशीहाइड्रोको सहमती कार्यान्वयनमा जाँदै,६ प्रतिशत सेयर दिने

बुधबार सांसद सापकोटाको पहलकदमीमा काठमाडौंमा बसेको महत्वपूर्ण बैठकपछि सहमती कार्यान्वयनमा जाने तहमा पुगेको हो । गतबर्ष चुनावमा सहमती कार्यान्वयन गराउने बचनबद्धता व्यक्त गरेका सांसद सापकोटाले बुधबार काठमाडौंमा क्षेत्र नं १ का जनप्रतिनिधि, भोटेकोशी पावर कम्पनीका अधिकारी, भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका नेताहरु समेतको बैठक राखेर सहमती कार्यान्वयनमा लैजाने वातावरण बनाएका हुन् । बैठकमा सांसद सापकोटा, बागमती प्रदेश सभाका सांसदहरु सदस्य सरल सहयात्री, अमृता नेपाल, माईली तामाङ, एमाले नेता अमृतकुमार खड्‌का, माओवादीका लाक्पा शेर्पा, दिपेन्द्र कुमार श्रेष्ठ, भोटेकोशी हाइड्रोका मोहन कर्माचार्य, बबिन प्रधान र जीवन प्रसाद ढल्लाकोटीको उपस्थिति रहेको थियो । बैठकमा बोलाइएपनि भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा भने आएनन् । आजको बैठकका लागि निम्तो पाएपछि उनले मंगलबार बेलुका फेसबुकमा स्टाटस लेखेर छ प्रतिशत शेयर वितरण प्रक्रिया अघि बढ्न लागेको बताएका थिए ।

आठ बर्ष अघि भोटेकोशी पावर कम्पनी प्रा.लि., भोटेकोशी जलविद्युत सरोकार संघर्ष समिति र भोटेकोशी सरोकार समितिबीच भएको ६ प्रतिशत शेयर स्थानीयलाई दिने सहमती कार्यान्वनमा आउन सकेको छैन । राजनैतिक दलका प्रतिनिधिहरुसमेतको उपस्थितिमा विभिन्न चरणमा विभिन्न स्थानमा भएको बार्ता पछि भोटेकोशीले शेयर दिनु पर्ने भन्ने सम्बन्धमा ६ प्रतिशत साधरण शेयर प्रति शेयर रु १०० को दरमा स्थानीयलाई दिने सहमति भएको थियो ।पालुवान्युज

प्रतिक्रिया दिनुहोस्