२०८१ मंसिर ६
                           

जलबिरे भ्याली क्याम्पसको शैक्षिक र भौतिक उन्नयनका लागी १ लाख अक्षयकोषमा दिने सांसद सापकोटाको घोषणा

७ पुस, सिन्धुपाल्चोक-  जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले स्थानीय जलबिरे भ्याली क्याम्पसको शैक्षिक र भौतिक उन्नयनका लागी १ लाख बराबरको अक्षयकोषमा जम्मा गर्ने घोषणा  गर्नुभएको छ।

शनिबार जलबिरे भ्याली क्याम्पसको १३ औं वार्षिकोत्सब, अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोहमा प्रमुख अतिथितका रुपमा उपस्थित उहाले सो घोषणा  गर्नुभएको हाे।

सो क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष समेत रहनुभएका सांसद सापकोटाले गाउँपालिका र नगरपालिकाहरुले पनि क्याम्पसको अक्षयकोषमा अलि ठूलो रकम राखिदिन आग्रह गर्नुभयाे। पालिकाको नाम आईरहने र उत्तरदायित्व समेत बहन हुने उहाको भनाई थियो । अक्षयकोष निर्माण गर्दा क्याम्पसको आफ्नै आत्मनिर्भर स्रोत हुने उहाले बताउनुभयाे ।

सांसद सापकोटाले कार्यक्रममा चुनाव जितेर गएदेखि आफ्नो चुनाव क्षेत्रमा १ वर्षभित्र सम्पादन गरेका कार्यहरुको स्मरण गराउनुभयाे।

साथै  उहाले ब्रम्हायणी करिडोरको लाइफलाईन मानिएको बलेफी जलबिरे,तेम्बाथान सडकको हालत खराब भैराखेको, त्यसमा ठेकेदारले समयमा काम नगरेको र गाली भने नेताहरुले खानुपरेकोप्रति असन्तुष्टि व्यक्त  गर्नुभयाे। उहाले जलबिरेसम्मको सडक मर्मतलाई जति आवश्यक हुन्छ त्यति बजेट व्यवस्था गर्नेगरी अर्थमन्त्रालय, सडक विभागका महानिर्देशकसहित बैठक बसेर कार्यान्वयनको क्रममा लगेको र समयमै पूरा गर्न लागिपरेको बताउनुभयाे।

प्रतिक्रिया दिनुहोस्