२०८१ भाद्र २३
                           

हिराहरिद्वारा आयोजित जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता

चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजन तथा हिराहरी तेक्वान्दो डोजाङ्गको आयोजनामा सन्चालित प्रथम हिराहरि जिल्ला स्तरिय नगर कप क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता २०८० को उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाद्वारा गरिएको छ ।

प्रतियोगिताको उद्घाटन सत्रमा संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले स्वागत मन्तव्य राख्नुका साथै मातापिताको सम्मानमा उहाँहरुकै नामबाट डोजाङ्गको नाम हिराहरि राखीएको बताए ।पिता हिराबहादुरको हिरा र माता हरिमायाको हरि नाम संयोजन गरि हिराहरि राखिएको बताए ।

कार्यक्रममा जिल्ला तेक्वान्दो संघका अध्यक्ष भण्डारीले तेक्वान्दोबारे महत्त्वपूर्ण भनाइ सहित आफ्नो मन्तव्य राखेका थिए । तेस्तै गरि नगर प्रमुख सापकोटाद्वारा पनि खेलाडीहरुलाइ महत्वपूर्ण भनाइ राखीएको थियो ।

श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको प्राङ्गणमा सन्चालित प्रतियोगितामा क्योरुगी फाइट विधाका सम्पुर्ण सेमिफाइनल खेलहरु सम्पन्न भएको छ । अब हुने फाइट विधाका फाइनल खेलहरु र पुम्से विधाका सम्पुर्ण खेलहरु भोलि खेलाइनेछ ।

जम्मा ८ टिमका १०३ खेलाडीहरुको सहभागी रहेको थियो । जसमा आयोजक ए, आयोजक बि -चौतारा, तातोपानी डोजाङ्ग- तातोपनी , सेतिदेबी डोजाङ्ग – लामोसाघु, बार्हबिसे डोजाङ्ग ए बार्हबिसे डोजाङ्ग बि- बार्गबिसे, जुगल बोर्डिङ बिद्यालय- चौतारा , बनदेबि बिद्यालय- चौतारा रहेको थियो ।
प्रतियोगिताको सभाध्यक्ष चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठले हुनुहुन्थ्यो । तेस्तै  बिशिस्ट अतिथिमा हिरा बहादुर गुरुङ , हरिमाया गुरुङ , जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारी र बागमती खेलकुद परिषदका सदस्य निरन्जन थापा मगर थियो ।

अतिथिमा जिल्ला तेक्वान्दो संघ काभ्रेका अध्यक्ष केशव थापा, पत्रकारहरुमा ज्ञानेन्द्र तिमल्सिना र निर्मल बस्नेत , जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका उपाध्यक्ष गंगा तामाङ , सचीव सुशील भुजेल , सह सचिब कुमार बस्नेत ,प्रतियोगिताको जुरि राजेन्द्र पुजारी, हिराहरी तेक्वान्दो डोजाङ्गका सल्लाहकार समितीका संयोजक सुबर्णलाल श्रेष्ठ ,उपाध्यक्ष हरिमान श्रेष्ठ, सदस्य प्रकाश श्रेष्ठ, अभिभावक तथा खेलप्रेमी महानुभाबहरुको अत्यन्तै बाक्लो उपस्थितिमा कार्यक्रमको पहिलो दिन सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्