सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका हिन्दीस्थित झिर्पु माविले चीनसँग भाषा सम्बन्ध विस्तार गर्ने उद्देश्यले चिनियाँ भाषाको पठनपाठन गराउन थालेको छ ।यहाँका बालबालिका विद्यालयमा नेपाली र अंग्रेजी मात्रै होइन, चिनियाँ भाषासमेत लेख्न बोल्न थालेका छन् ।
सीमाक्षेत्रका चिनियाँसँग बोल्न सहज हुने भएकाले चीनसँग सीमा जोडिएको भोटेकोशीका विद्यार्थी चिनियाँ भाषा अध्ययनमा रमाइरहेका छन् ।चीनको सीमासँग गाउँ जोडिएकाले चिनियाँ भाषा निक्कै उपयोगी हुने विद्यार्थी सुमन तामाङ्ले बताउँनुभयो भाषाको लवज मिलाउन चिनियाँले बोलेको टेप रेकर्ड सुन्ने गरिन्छ भने दुईवटा भाषा पुस्तक र स्मार्टबोर्डमा अक्षर लेखेर पठनपाठन भइरहेको छ ।
विद्यार्थीले भाषा सिकेर पारी चीनबाट नेपाल घुम्न आउने चिनियाँसँग उनीहरुकै भाषामा संवाद गरेको अुनभव बिधार्थीले बटुलेका छन् ।७ देखि १२ कक्षासम्म आवाससहित पठनपाठन भइरहेको यस विद्यालयले जेहेन्दार विद्यार्थीलाई चीनमा अध्ययनका लागि छात्रवृत्ति दिएर पठाउने गरेको छ ।
भोटेकोशी गाउँपालिकालाई चिनिया भाषाको हब बनाउने गाउँपालिकाले रणनीति अनुसार झिर्पु माविबाट चाइना भाषा कक्षा सुरुवात गरेर छिमेकी मुलक चिनसंग भाषा सम्बन्धलाई विस्तार गर्ने उद्देश्य गाउँपालिको छ । चीनसंग जोडिएको उत्तरी नाका तातोपानी नाकाको व्यापार सम्बन्ध, साँस्कृतिक लगाएत सम्बन्धमा भाषाका कारण समस्या उत्पन्न भएको भन्दै गाउँपालिकाले समेत यो विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।
‘
प्रतिक्रिया दिनुहोस्