२०८१ भाद्र २३
                           

पुस ५ गतेदेखि बेपत्ता महिला घर नजिकैको जंगलमा मृत फेला

पुस ९,  सिन्धुपाल्चोक-  सिन्धुपाल्चोकको सुनकोशीमा एक महिलाको शव जंगलमा भेटिएको छ । सुनकोशी गाउँपालिका–५ सुनखानीकी ५० वर्षीया बसुन डोल्मो तामाङको घर नजिकैको भोटे यमुना जंगलमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भटराईले बताउँनुभयो ।

यही पुस ५ गतेदेखि हराएकी महिलालाई खोज्ने क्रममा घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक भटराईको भनाई छ । मृतक महिलाको टाउको जंगली जनावरले खाएको अवस्थामा छ । शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्