२०८१ भाद्र २३
                           

विपद पुर्व तयारीका लागि सबैसँग सहकार्य गरेर काम गर्छौं :अध्यक्ष तामाङ

देवराज सुवेदी /बलेफी
बलेफी गाउँपालिकाका अध्यक्ष गङाबहादुर तामाङले विपद पुर्व तयारीका लागि अन्य पालिकासंग समन्वय गरेर काम गरिने बताउनुभएको छ । बिहीवार बलेफी ५ मा आयोजित पुर्वसुचना प्रणाली सुदृढीकरणका लागि तालिमको समापन कार्यक्रमको समापन गर्दै अध्यक्ष तामाङले पुर्व सुचना प्रणाली जडान, विपद प्रतिकार्य लगायत कार्यपालिका एक्लैले गर्न असम्भव रहेकाले सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले आफ्नो स्रोतले भ्याएसम्म पुर्वसुचना प्रणाली जडान लगायत विपद जोखिम न्यूनीकरणको काम गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै बलेफी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सलबहादुर पाण्डेले पालिकामा रहेको वर्षा मापन केन्द्रको संख्या थाहा भएको बताउदै अब केन्द्र थप्ने र प्रभावकारी सञ्चालनमा ध्यान दिने बताउनुभयो ।

उहाँले क्षति न्यूनीकरण गर्न पुर्वसुचना प्रणाली महत्त्वपूर्ण हुने बताउनुभयो । कार्यक्रमका सहभागीले विपदको बजेट विपद प्रतिकार्य र पुर्वसुचना प्रणाली लगायतमा खर्च गर्नु पर्नेमा जोड दिनुभयो । तालिममा जिल्लाका ८ पालिकाका विपद फोकल पर्सन एवं प्रतिनिधि मौसम तथा हावापानी मापन केन्द्र अवलोकनकर्ता लगायत सहभागी रहेका थिए ।

स्टेशनहरुको अवस्था, संख्या र त्यसको अवस्था तथा अपग्रेडिङ बारे अवलोकनकर्तालाई जानकारी गराइएको
सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका कार्यक्रम संयोजक इच्छाराम सापकोटाले जानकारी दिनुभयो । यु. एस. एडको आर्थिक सहयोगमा प्राक्टिकल एक्सन र सामुदायिक विकास तथा वातावरण संरक्षण मन्चको आयोजना र जल तथा मौसम विज्ञान विभागको प्राविधिक सहयोगमा स्थानिय गेज रिडर, डि. आर. आर फोकल पर्सन लगायत बिच अन्तरक्रिया कार्यक्रम गरिएको प्राक्टिकल एक्सनका परियोजना अधिकृत मिनेश गुरुङले जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद बिराज कडेल, जलविद सुमित अधिकारी लगायतले प्रस्तुती तथा कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिनुभएको थियो ।
संस्थाको सोही कार्यक्रम बुधबार मेलम्चीमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्