२०८१ भाद्र २३
                           

लायन्स क्लब अफ काठमाडाैं फेलाेसिप डिस्ट्रिक ३२५ द्वारा चार पत्रकारसहित दश जना सम्मानित

 

काठमाडौं १४, पुस । लायन्स क्लब अफ काठमाडाैं फेलाेसिप डिस्ट्रिक ३२५ द्वारा चार पत्रकारसहित दश जना विभिन्न ब्यक्तित्व सम्मानित भएका छन् ।

डिस्ट्रिक ३२५ले विभिन्न समयमा महत्वपूर्ण योगदान पुर्‍याएका चार पत्रकारसहित दश जना विभिन्न ब्यक्तित्वलाई सिन्धुपाल्चाेककाे मेलम्चीमा एक कार्यक्रम गरि सम्मान गरेको हाे ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडाैं फेलाेसिप डिस्ट्रिक ३२५ का नयाँ सदस्यहरुको सपथग्रहण प्रमुख अतिथि डिस्ट्रिक गभर्नर शिवकुमार कटुवालले गराउनुभएकाे थियाे । कार्यक्रममा पूर्व गभर्नर रूद्रहरी ज्ञवाली र कार्यक्रमका अध्यक्ष राजेशदास हिमालयले पिन हस्तान्तरण गर्नुभएकाे थियाे ।

कार्यक्रममा नामी साप्ताहिकका श्याम स्मृत, रासस , रेडियो नेपाल सिन्धुपाल्चाेक सम्वाददाता तथा रेडियाे मेलम्चीका स्टेसन मेनेजर देवराज सुवेदी, हिमालयन टिभी , राष्ट्रिय न्युजका सागर खड्का, मैत्री न्युजका दिपेन्द्र श्रेष्ठ, इसिएलएफ नेपालका संस्थापक बन्दना एल श्रेष्ठ, इसिएलएफ नेपालका निर्देशक राजाराम महाजुलगाएत सम्मानित हुनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्