२०८१ भाद्र २३
                           

अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न


चौतारा । अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सोमबार सम्पन्न भएको छ ।जिल्ला सुरक्षा समिती सिन्धुपाल्चोक, दोलखा र रामेछापको संयुक्त बैठक दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको हो ।

बैठकले तीनै जिल्लाको नाका सीमाबाट हुने आपाराधिक गतिविधि नियन्त्रण, लागू औषध कारोबारी तथा दुर्व्यसनी नियन्त्रण र निरुत्साहित गर्न आ -आफ्नो जिल्लाको प्रवेश नाकामा थप निगरानी र कडाई गर्ने एवम शान्ति सुरक्षा कायम गर्ने निर्णय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जानाकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बैठकले अन्तर जिल्ला जोडिने सडक दुर्घटना न्यूनीकरण गर्दै व्यवस्थित गर्ने र भन्सार क्षेत्रबाट हुन सक्ने अबैध चोरी पैठारीबाट हुनसक्ने राजस्व चुहावटका गतिविधिलाई सुक्ष्म निगरानी गर्दै एक आपसमा सूचना आदानप्रदान गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा तीनवटै सुरक्षा निकाय वीच थप समन्वय गरेर अगाडि बढ्ने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।।
बैठकमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आचार्य, प्रमुख सेनानी धर्बेन्द्र भण्डारी, एसपीत्रय बालनरसिंह राणा, रवि केसी सुदीप अधिकारी , दोलखाका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेल, प्रमुख सेनानी संजिव सिंह सिजपती,प्रहरी नायव उपरीक्षक औंलाख अधिकारी त्यस्तै रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारीअनिता निरौला, प्रमुख सेनानी भरत पुरी, प्रहरी नायब उपरीक्षक होम बहादुर पराजुली, सशस्त्र प्रहरी बलका सहायक प्रहरी नायब उपरीक्षक शेखर दवाडी, प्रमुख अनुसन्धान अधिकृत निर्मल पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्