सिन्धुपालचोक , १७ पुस
राष्ट्रिय मानव अधिकार आयोग हरिहरभवन ललितपुरले सिन्धुपाल्चोकको चौतारामा मानव अधिकारका आधारभुत विषय र समसामयिक समस्याका बारेमा सरोकारवाला निकायसँग छलफल गरेको छ ।
म्ांलबार भएको कार्यक्रममा सहभागीले हिंसामा परेका महिला ,एकल महिला , ज्येष्ठ नागरिकको समस्या, अपाङ्गता भएका व्यक्तिको समस्या ,गरिबिको स्वास्थ्य समस्या र अधिकार लगायतका समस्याहरूको समाधान गर्न आवश्यक रहेको बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी झक्क अाचर्यले जिल्लाभित्रका प्रमुख आवश्यकताको सूची तयार गरी सोही अनुसार आगामी दिनमा आयोग मार्फत गरिने कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । कहिले कहि वस्ताबिक घटनाभन्दा आयोगले अनुसन्धान गरेको कार्य फरक हुदा निर्दोष ब्यक्ति पनि समस्यामा पर्ने हुदा आयोगले घटनाको विश्लेषण गहिरो अध्ययनमा गर्नुपर्ने अध्ययन गर्नुपर्ने प्रजिअ आचार्यले बताए ।
आयोगका तर्फबाट महिला, बालबालिका,जेष्ठ नागरीक ,आर्थिक, स्वास्थ्य, सामूहिक, शिक्षा, सामाजिक, र नागरिक लगायतका विषयमा छलफल गरिएको थियो ।
उक्त छलफलको क्रममा हाल जिल्लामा आपाराधिक घट्नाहरु धेरै हुने , प्राकृतिक विपतिले बाट पिडितहरुको समस्या धेरै हुने , महिला र ज्येष्ठ नागरिकको समस्या धेरै हुने गरेको ईन्सेक प्रतिनिधि सिन्धुपाल्चोकका नातिबाबु धितालले सुनाए ।
सो कार्यक्रममा सहभागी चौतारा सागाँचोकगढी नगरपालिकाका हरी श्रेष्ठले मानव अधिकार शिक्षाको कमि रहेको बताए । नगरपालिका तथा गाउँपालिकाले नागरीक समाजको सहि स्थापना नगरेको र समन्वय समितिले आफ्नो भुमिका निर्वाह गर्न नसक्नमाु आश्र्चय लागेको बताए । यहाँ पीडितको आफ्ना न्युनतम अधिकारसमेत राज्यले पुरा नगरेको गुनासो गरे ।
आयोगले जिल्लामा भएको छलफलमा उठेका विषयवस्तुका आधारमा केन्द्रीत भएर राष्ट्रिय मानव अधिकार आयोगले प्रतिवेदन तयार पार्ने आयोगका उपसचिव माेहन जाेसिले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्