२०८१ भाद्र २३
                           

अखिल क्रान्तिकारीको २० औँ जिल्ला सम्मेलन माघ ६ गते हुने

सिन्धुपाल्चोक, १७पुस- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को २० औँ जिल्ला सम्मेलन आगामी माघ ६ गते हुने भएको छ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधको विशेष उपस्थितिमा मङ्लबार  बसेको २० औँ जिल्ला सम्मेलन आयोजक समितिको बैठकले माघ ६ गते जिल्ला सम्मेलन चौतारामा गर्ने निर्णय गरेको हो ।
बैठकको सम्बोधन गर्दै केन्द्रीय सदस्य सापकोटाले सङ्गठनको विगतको विरासत र अस्तित्वको रक्षा गर्दै जिल्ला भरी थप सशक्त भएर गतिविधि चलाउन निर्देशन दिनुभएको छ ।
५ वटा पालिकाको सम्मेलन सकाएको सङ्गठनले आगामी २८ गतेसम्म थप पालिकाको समेत सम्मेलन सक्काउने गरी आयोजक समितिका सदस्यहरूलाई जिम्मेवारी समेत प्रदान गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्