२०८१ भाद्र २३
                           

समाजसेवी आचार्यले गरे वनकाली विद्यालयको छात्रवृत्ति अक्षय कोषका लागी १ लाख सहयोगको घोषणा

सिन्धुपाल्चोक ,१८ पुस
समाजसेवी राजकुमार आचार्यले वनकाली आधारभुत विद्यालयको छात्रवृत्ति अक्षय कोष स्थापनाका लागी १ लाख सहयोग गर्नुभएको छ । मंगलबार बलेफी गाउँपालिका वडा नं.१ स्थित वनकाली आधारभूत विद्यालयको ४५औं वार्षिकोत्सब, अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोहको अवसर पारेर आचार्यले सहयोगको घोषणा गर्नुभएको हो ।

आचार्यले भन्नुभयो ,विद्यालयका जेहेन्दार, गरिब, पिछडिएको बर्गका विद्यार्थीको समग्र शैक्षिक तथा भौतिक क्षेत्रको विकासमा टेवा पुर्याउने उदेश्यले अक्षय कोषमा सहयोग गरेको हुँ। सो कार्यक्रममा बुद्धिजिवी, शिक्षाविद्, समाजसेवी, विद्यालय परिवार, भूतपूर्व विद्यार्थीकासाथै अभिभावकहरु लगाएतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्