२०८१ भाद्र २३
                           

विदेश पठाईदिने भन्दै ठगी गर्ने दोलखा र सिन्धुपाल्चोकका युवक पक्राउ

सिन्धुपाल्चोक, १८ पुस- रोजगारी लागि विदेश पठाईदिने भन्दै ठगी गरेको आरोपमा दोलखा र सिन्धुपाल्चोकका दुई युवक पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ का २२ वर्षीय कैलाश गिरी रहेका छन् । गिरीले भाष्कर दत्त भट्टलाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिने र त्यसको लागि ३ लाख रुपैयाँ लाग्ने भन्दै २ लाख ९४ हजार रुपैयाँ रकम लिएका थिए । उक्त रकम लिएपछि सम्पर्कविहीन भएका गिरीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गोठाटारबाट पक्राउ गरेको हो ।

यसैबिच दोलखाका एक पुरुष रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका छन् भने मेलुङ गाउँपालिका–२ घर भई हाल काठमाडौँ बाङगेमुढा बस्दै आएका ५० वर्षीय ढालबहादुर बुढाथोकी २१ लाख ३६ हजार रुपैयाँ रकम ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । उनले मिलन नेपाली लगायत १४ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ६ लाख रुपैयाँ दरले रकम ठगी गरी फरार भएका थिए । फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आज दिउँसो असनबाट पक्राउ गरेको हो । पक्राउ परेका बुढाथोकीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहातलमा पठाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्