२०८१ भाद्र २३
                           

श्री कृष्ण रत्न गंगाको ७७ औँ बार्षिकोत्सव सम्पन,शिक्षा ऐनको कारण समस्या रहेको नगरप्रमुख सापकोटाको भनाई

चौतारा ,१९ पुस
सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ५ स्थीत श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको ७७ औं वार्षिक उत्सव, ४८ औँ अभिभावक भेला तथा पुर्व विद्यार्थीहरुको पुनर्मिलन समारोह भव्यताका साथ सम्पन्न भएको छ । चौतारा सागाँचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सापकोटाले देशको संघिय शिक्षा ऐन समयमा स्पष्ट किटानसहित निर्माणमा ढिलाईका कारण धेरै समस्या झेल्नुपरेको बताउँनुभयो । उहाले यहि समस्याको बिचपनि कतिपय बिद्यालयमा बिद्यार्थी कम र कतिपय बिद्यालयमा चाप परेकोले अघिल्लो बर्ष बिद्यालय मर्ज र दरबन्दी मिलानको काम नगर कार्यपालिका मार्फत निर्णय गरेर कार्यन्वयनमा ल्याएको समेत उल्लेख गर्नुभयो ।पुरानो इतिहास बोकेको विद्यालय भएकोले विद्यालयको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँनुभएको छ । विद्यालयले ७७ औं वार्षिक उत्सव मनाउन सफलता भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा विद्यालयको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताउँनुभयो ।


यस्तै कार्यक्रमलाई सम्बोधन गदै चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव श्रेष्ठले बिधालयमा नैतिक शिक्षा सहितको पठन पाठन आवश्यक रहेको बताउँनुभयो । सगैँ शिक्षक तथा विद्यार्र्थी अनुशासित भए मात्र विद्यालय शिषामा सुधार आउँने हुदा आगामि दिनमा नैतिक शिषा सहितको पाठ्यक्रम विकासका लागि सिफारिस गरिने बताउँनुभयो ।
वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डम्बर बहादुर श्रेष्ठले वार्षिक शैक्षिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । श्रेष्ठले आगामी दिन हरुमा भावी योजना तथा रणनीति प्रस्तुत गर्दै विद्यालयलाई जिल्लाका एक नमुना विद्यालयको रुपमा स्थापित गर्ने बताउँनु भएको थियो ।


साथै वार्षिक प्रतिवेदन प्रस्तुत गदै प्रधानाध्यापक श्रेष्ठले विद्यार्थी चापको अनुपातमा फल्याटपिच्छे शौचालयको व्यवस्थापन नहुनु , शिक्षक दरबन्दी हुन नसक्दा शिक्षकहरु निजि स्रोतमा राख्नुपर्दा शिक्षकको सेवा सुबिधाको लागि अभिभावक विद्यार्थीको आर्थिक सहयोगमा निर्भर हुनपर्ने लगाएत विद्यालयमा चुनौती रहेको सुनाउँनुभएको थियो ।


त्यस्तै वार्षिक उत्सवको अवसरमा विद्यालयको विकासमा योगदान पु¥याउने संघसस्थालाई सम्मान गरेको छ । जसमा सिन्धुपाल्चोक जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो सिन्धु १०५ मेगाहर्जलाई सम्मान गरेको छ । रेडियोले स्थापना कालदेखि नै सो विद्यालयमा विविध सुचना ,समाचार तथा जानकारी निशुल्क रुपमा सम्प्रेषण गरी सहयोग गरेको , विद्यालयमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रावृति प्रदान गरेको , कोभिड १९ को महामारीमा विद्यालयसगँ सहकार्य गरी महिनौँसम्म रेडियो कक्षा सञ्चालन गरेको र आगामि दिनमा विद्यालय र रेडियो सिन्धुको सहकार्यको निरन्तरताको अपेक्षा गदै रेडियो सिन्धुका अध्यक्ष तथा स्टेशन म्यानेजर रत्न प्रसाद श्रेष्ठलाई दोसल्ला ओडाई प्रशंसा पत्र दिईएको हो ।


कार्यक्रममा बिद्यालयले सञ्चालन गरेको बिबिध सिर्जनात्मक तथा रचनात्मक क्रियाकलापमा उत्कृष्ठ हुने, कक्षागत रुपमा उत्कृष्ठ हुने बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । शिक्षक र एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान समेत गरिएको छ । हाल यो विद्यालयमा चालु शैक्षिक सत्रमा १ हजार ४ सय १० जना विद्यार्थीहरु अध्ययनरत छन् । जसमध्ये छात्रा ७ सय ५ र छात्र ७ सय ५ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्