२०८१ भाद्र २३
                           

राष्ट्रपति रनिङ शिल्ड लिसंखुको उपाधी सम्पदा माविलाई, प्रमुख अतिथि सापकोटाद्वारा शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण

१९ पुस, सिन्धुपाल्चोक । जिल्लाको लिसंखु पाखर गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी सम्पदा माध्यमिक विद्यालय सिलढुङ्गाले जितेको छ । बिहीबार सम्पन्न प्रतियोगितामा सबैभन्दा धेरै १३ स्वर्ण ७ रजत र ४ कास्य पदक गरी कूल २४ पदक जित्दै सम्पदाले उपाधी हात पारेको हो ।

बुद्दोदय मावि लिसङ्खु दोश्रो र धर्मोदय मावी ठूलो धादिङ तेस्रो स्थानमा रहे । पालिकाको सिक्रे नयाँ बस्तीस्थित शिखर खेल मैदानमा सम्पन्न प्रतियोगिताका बिजेताहरुलाई सिन्धुपाल्चोक १ बाट प्रत्यक्ष निर्वाचित साम्सद माधब सापकोटा “सुबोध ” ले शिल्ड, मेडल तथा प्रमाणपत्र बितरण गरे । कार्यक्रमका प्रमुख अतिथि उनले खेलकुद प्रतियोगिताका बिजेता एवम् सहभागीलाई बधाई ज्ञापन गर्दै उत्साह प्रदान गरे । कार्यक्रममा पालिका अध्यक्ष राजु लामाले प्रमुख अतिथि सापकोटालाई सडक कालोपत्रे, टेलीफोन टावर सुधारलगायतका विषय समेटिएको ध्यानाकर्षण पत्र बुझाएका थिए । प्रतियोगितामा पालिका भित्रका ११ वटा माविका ४ सय बढी विद्यार्थीले तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी चार विधाका ४० खेल खेलाइएको पालिका शिक्षा शाखा प्रमुख बिनोद कार्कीले जानकारी दिए ।

कार्यक्रममा पालिका भित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीहरु तेह्रौं साफकी तेक्वान्दोका स्वर्ण पदक बिजेता काजल श्रेष्ठ, शुस्मा श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो । समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माइली तामाङ, गाउँपालिका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठुदेवी लामा, प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठ, कार्यपालिका सदस्यहरु, पालिका भित्रका शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको यही पुस १७ गते बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्