२०८१ भाद्र २३
                           

शिक्षा र स्वास्थ्य नि:शुल्क गरिनु पर्छ : अध्यक्ष शेर्पा

श्री सरस्वती माध्यमिक विद्यालय हेलम्बु -४ ग्याल्थुमको ६१ औं बार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले युवा , विद्यार्थी किन बिदेसिन थाले यसको गहन छलफल जरुरी रहेको बताउनुभयो ।उहाँले देशमा युवा नरहनुको कारण यो देशका नेताहरु दोषि रहेको आरोप लगाउनुभयो । उहाँले अब भासण मात्र गरेर नहुने भन्दै स्वदेशमै बस्ने वातावरण बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।उहाँले शिक्षा र स्वास्थ्य सरकारले निशुल्क गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विद्यालय जोगाउन स्थानीय सरकारको प्रयासले मात्र नहुने भन्दै प्रदेश , केन्द्र सरकारले पनि चासो दिनु पर्ने बताउनुभयो ।

उहाँले एक दुई वटा ढुङ्गा उचालेर नाटक गरेर बचाउन नसकिने बताउदै सबै मिलेर यसलाई जोगाउन आग्रह गर्नुभयो ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले शिक्षा , स्वास्थ्यमा सुधारको प्रयास गरिरहेको बताउदै पालिका बासिको सुझाव अनुसार अघि बढ्ने बताउनुभयो ।उहाँले यस विद्यालयबाट आफ्नै छोरा पनि राम्रो लेख्न , पढन नसक्ने भएपछि नजिकैको निजि स्कुलमा पढाउन बाध्य भएको बताउनुभयो । उहाँले र पालिकाले आफुले सहयोग गर्छु भन्दा पनि विद्यालयमा शिक्षा सुधार हुन नसकेको बताउनुभयो । मेलम्ची भ्याली क्याम्पसका क्याम्पस प्रमुख राजनप्रसाद लामिछानेले विद्यालय सुधारका लागी अब सबैलाग्नु पर्ने बताउनुभयो । विद्यालयको शैक्षिक स्थिति झन झन खस्किदै गएको भन्दै लामिछानेले योजना सहित विद्यालय सुधारका लागी एकजुट हुन आग्रह गर्नुभयो ।

दैनिक १५० जना भन्दा धेरै विद्यार्थी यो विद्यालय हुँदै अन्यत्र गएको देख्दा देख्दै पनि विद्यालयले ती विद्यार्थीलाई यहीँ स्कुलमा टिकाउनका लागी अहिले सम्म कुनै कदम नचालेको प्रती आपत्ति जनाउनुभयो । कार्यक्रममा छिमेकी विद्यालय भूमेस्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर ज्योति,अभिभावक संघका प्रतिनिधि झलक पण्डित , श्यामसुन्दर लामिछाने लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । बार्षिक उत्सवको अवसरमा पुर्व विद्यार्थी समाजले हाल सम्म विभिन्न माध्यम बाट विद्यालयमा योगदान पुर्याउने महानुभाव हरुलाई सम्मान व्यक्त गरेको थियो ।

त्यस्तै समाजका सदस्य लगायतले सहयोगको प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ । प्रधानाध्यापक कुमारप्रसाद घोरासैनीले प्रतिबेदन प्रस्तुत गर्दै प्राकृतिक बिपत्तिले असहज भएको बताउनुभयो ।कार्यक्रममा उत्कृष्ट तथा प्रतियोगिताका बिजेता विद्यार्थी पुरस्कृत गरिएको थियो । शिक्षक तथा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रम विद्यालय व्यवस्थापन समिती अध्यक्ष किटि तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यक्रममा वडा अध्यक्ष बुद्धिमान तामाङ , शिक्षा तथा युवा तथा खेलकुद शाखा प्रमुख धनध्वज लामा लगायतले हेलम्बुको शिक्षा सुधारमा लागि पर्ने बताउनुभयो ।कार्यक्रममा वडा सदस्यहरु , , शिक्षा सेवी हरिकुमार शर्मा , कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्