२०८१ भाद्र २३
                           

वनकाली आधारभुत विद्यालयको अक्षयकोषलाई समाजसेवी श्रेष्ठ रआचार्यद्वारा २ लाख बढी सहयोग

सिन्धुपाल्चोक , २१ पुस
बलेफी गाउँपालिका वडा नं १ स्थित वनकाली आधारभुत विद्यालयको स्थापित छात्रवृत्ति अक्षयकोषमा गरिब, जेहेन्दार तथा पिछडिएका वर्गलाई शिक्षा लिन सहयोग गर्ने उद्देश्यका साथ युवा व्यवसायी, समाजसेवी एवं युवा नेता रामभक्त श्रेष्ठले मात्रै उक्त कोषमा नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभयो भने युवा समाजसेवी राजकुमार आचार्यले १ लाख सहयोगको घोषणा गर्नुभएको छ ।

समाजमा दुखी, पीडितलाई आइपर्ने समस्या एवं शैक्षिक क्षेत्रमा सबैको पहुँच पुगोस् भन्ने आफ्नो धारणा रहेको श्रेष्ठले बताउँनुभयो । श्रेष्ठले यसअघि पनि विभिन्न रोगका बिरामीहरुलाई, निम्न आर्थिक स्थिति हुने व्यक्तिहरुलाई देखि वृद्ध आश्रममा समेत सकेको नगद, खाद्यान्न, लत्ताकपडा सहयोग गर्दै आइरभएको थियो ।सोहि अवसरमा राधाकृष्ण श्रेष्ठले ५० हजार, नेवा गुठि समाजबाट ३० हजार, धिर्ज बहादुर कायस्थले ५ हजार ५ सय ५५, रामलाल श्रेष्ठले ५ हजार ५ सय ५५ र रविन्द्र खड्काले ३ हजार ३ सय ३३ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालयको ४५ औं वार्षिकउत्सबको अवसरमा उक्त रकम अक्षयकोषमा दिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्