२०८१ भाद्र २३
                           

राष्ट्रिय नागरिक सरोकार केन्द्र सिन्धुपाल्चोकको अध्यक्षमा तामाङ

सिन्धुपाल्चोक ,२२ पुस- राष्ट्रिय नागरिक सरोकार केन्द्र जिल्ला समिति सिन्धुपाल्चोकको अध्यक्षमा रामवहादुर तामाङ चयन हुनुभएको छ । आज मेलम्चीमा सम्पन्न भेलाबाट उपाध्यक्षमा दिपक पौडेल, सचिवमा गोपालप्रसाद दुलाल, सह—सचिवमा जुना सुबेदी पौडेल, कोषाध्यक्षमा रेवतीप्रसाद दुलाल, सदस्यहरुमा पदमनिधि खतिवडा, दण्डपाणी चालिसे, गंगावहादुर दनुवार, रुद्रप्रसाद दुलाल, चन्दा श्रेष्ठ सहित ११ सदसिय कार्यसमिति चयन गरिएको निवर्तमान अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । बाँकि सदस्य पछि चयन गरिने श्रेष्ठले जानकारी दिनुभयो ।
आजै ३ बर्षे सफल कार्यकाल पुरा गर्नु भएका निवर्तमान अध्यक्ष श्रेष्ठले नव निर्वाचित अध्यक्ष तामाङलाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।  राष्ट्रिय नागरिक सरोकार केन्दका सदस्य ,वैदिक सनातन जेष्ठ नागरिक विभागका प्रमुख जिवनलाल शर्मा पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्