२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकमा सबैभन्दा ठुलो र इतिहासमै धेरै बजेट यसबर्ष आयो ः सांसद तामाङ

पर्यटकिय स्थल नागी थामडांडा एवं पेमाछाल उद्यान केन्द्र ,पाँचपोखरी–४ नारिथाम डाँडामा १२० वटा झन्डोत्तोलन गरिएको छ ।
बुधवार बागमती प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस संसदीय दलका सचिव कृष्ण कुमार तामाङ (समिर) को प्रमुख आतिथ्यमा झन्डोत्तोलन तथा दीप प्रज्वलन कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले चुनावका बेला गरेका प्रतिबद्धताहरु आफुले नभूलेको बताउनुभयो । सांसद तामाङले सघिंयता लागु भएपछि सिन्धुपाल्चोकमा सबैभन्दा ठुलो र इतिहासमै धेरै बजेट यसबर्ष आएको दावि गर्नुभयो । उहाँले यहाँको विकासका लागी सधै लागीरहने बताउनुभयो । उहाँले यहाँको गुम्बा निमार्णको लागी केहि बजेट ब्यबस्था गरेको र पुरा गरेरै छोड्ने बताउनुभयो । सांसद तामाङले गत बर्ष १० लाख हालेको गुम्बामा अहिले २० लाख हालेको जानकारी गराउँदै आफ्नो कार्यकालमा धेरै विकास निमार्णको कामले गतिलिने बताउनुभयो ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका नेताहरू,समाजसेवी,सुरक्षाकर्मी र स्थानीयवासिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व पाँचपोखरी–४ थाङपालकोटका वडाध्यक्ष कुलबहादुर बस्नेतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्