निर्मल बस्नेत
(२०८० पौष २५), चाैतारा । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा ´सुवाेध` ले शिक्षा बिधेयक संसोधनमा आफूले शसक्त भूमिका निर्वाह गरेकाे दावी गरेका छन् ।
चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १ स्याउलेमा रहेकाे सेतीदेबी माध्यमिक बिद्यालयको ७१ बार्षिकोत्सव अभिभावक भेला, २४ औँ भूतपूर्व बिद्यार्थी पुर्नर्मिलन समारोह कार्यक्रमका प्रमुख अतिथी सांसद सापकोटाले उक्त धारणा राखेका हुन् ।
सेतीदेबीको बार्षिककोत्सव कार्यक्रमको उदघाटन पछिकाे मन्तव्यलाई सम्बाेधन गर्दै सांसद सापकाेटाले स्याउले बासीले आफूलाई राजनीतिको उचाईमा पुर्याउन सामाजिक रुपमा अहम् भूमिका खेलेको भन्दै स्याउलेबासीलाई धन्यबाद व्यक्त गरे । उनले स्याउलेको जनमत लिन नपाएपनि बिगतको सहयोग र टिकट प्राप्तीको क्षणमा रचनात्क उत्प्रेरणा र हौसला दिएर सहयोग गरेको स्मरण गरे ।
उनले बर्तमान बिद्यालय शिक्षा बिद्येयक ऐन संसदमा पेश भएको बताए । उक्त विद्येयक पर्याप्त नरहेको र बस्तुवादी नभएकोले संसोधनको लागि प्रतिनीधिसभामा संसोधन दर्ता पेश गरेको बताए । उक्त बिद्येयक संसोधन गरि आम जागरिकको पक्षमा उभियर वर्तमान आवश्यकता पुरा गर्ने, शैक्षिक गुणस्तर बृद्धि गरि दक्ष जनशक्ति निर्माण गर्न सक्ने बनाउन आफुले संसदमा शसक्त भूमिको जिकिर गरे ।
´हाम्रो गाउँबाट शहर र शहरबबाट बिदेश जाने र देशको सामाजिक , आर्थिक स्थिती भयाभह हुने जुन कल्चर बिककास भईरहेको छ त्यो रोक्नुपर्दछ`, उनले भने । आम नवजवानहरुलाई विदेश मोह रोकेर स्वदेशमै केहि गर्न सक्ने वातावरण सिर्जजा गर्न लागि पर्न आग्रह गरे । उक्त वातावरण सिर्नना गर्न सरकारको भूमिका उच्च रहेको भन्दै त्यसमा आफुले रचनात्मक भूमिका निर्वाह गरि सरकारको कामकारवाहीमा सहयोग प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्