२०८१ भाद्र २३
                           

गणपुरक संख्या नपुगेपछि इन्द्रावती गाउँपालिकाको दोश्रो गाउँसभाको पाँचौ अधिवेशन आज स्थगित

गणपुरक संख्या नपुगेपछि इन्द्रावती गाउँपालिकाको दोश्रो गाउँसभाको पाँचौ अधिवेशन आज स्थगित भएको छ । ५१ प्रतिशत संख्या आवश्यक पर्नेमा नपुगेपछि अर्को अधिवेशन माघ ७ गते ११ बजेलाई आह्वान गरिएको छ । मङ्सिर २८ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार आज बैठक बस्ने मिति तोकिएको थियो ।

पौष २५ गते बसेको बैठकमा केहि कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि आज बिहानलाई बोलाइएको बैठकमा आउन नसक्ने सुचना पाएको अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । प्रत्येक ६-६ महिनामा सभा सन्चालन गर्नुपर्ने भएकाले सभा अगाडि बढाइएको बताउँदै स्थगित गर्नुको कुनै औचित्य नहुने स्पष्ट पार्नुभयो ।

इन्द्रावतीको समृद्धि हामी सबैको परिकल्पना भएकाले यसलाई कार्यान्वयनमा ल्याउनका लागी सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भएकाले सबैको जिम्मेवारी उत्तिकै रहेको स्पष्ट पार्नुभयो । सभामा सभाका सचीव एवम् इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले आफ्नो पहिलो बैठक भएकाले केहि सिक्दै अगाडी बढिरहेको बताउनुभयो ।

उहाँले सभामा उपस्थित संख्याले प्रशासकीय केहि कमजोरी रहेको औल्याउँनु स्वभाविक भएकाले आगामी दिनमा सिक्दै र सबैलाई समेट्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । सभामा गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले कानुनी ब्यबस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्