२०८१ भाद्र २३
                           

चौतारा साँगाचोकगढी नगरपालिकाको १५ औं नगरसभा सम्पन्न

चौतारा ,२६ पुस
चौतारा साँगाचोकगढी नगरपालिकाको १५ औं नगरसभा सम्पन्न भएको छ । मंलबार नगरसभा नगरकार्यपालिका बाट निर्णय भएको बिभिन्न संसोधन बिधेयक पारित गर्दै  सम्पन्न भएको हो ।आर्थिक वर्ष २०८०÷०८१ को साउन १ देखि पुस २५ गते सम्मको उपलब्धीहरु शिक्षा ,स्वास्थ्य ,कृषि ,भौतिक पुर्वाधार, सिंचाई, खेलकुद, पर्यटन, खानेपानी, महिला बालबालिका तथा जेष्ठ नागरीक ,उद्यम विकास, र पशुक्षेत्रमा भएको प्रगतिबारे उपप्रमुख सीता थापाले सुनाउँनुभएको थियो ।

नगरसभामा बोल्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिकाले विषेशत शिक्षा क्षेत्रमा जोड दिएको र सङगै स्वास्थ्य र कृषि क्षेत्रमा पनि परिणाम देखिने गरी काम गदै आएको बताउँनुभएको छ ।  नगरपालिकाको सर्वाङ्गिण विकासमा सबैको महत्वपुर्ण भुमिका रहने भन्दै सबैले हातमा हात मिलाएर  साथ सहयोग गर्न आग्रह गर्नुभयो ।
418855406_387133010644771_36451733025713091_n1704986236.jpg

प्रतिक्रिया दिनुहोस्