२०८१ भाद्र २३
                           

देश बिकासकाे भूमिका शैक्षिक व्यक्तित्वकै हातमा रहन्छ – मन्त्री दुलाल

निर्मल बस्नेत (२०८० पौष २६ ) बागमती प्रदेश सरकारका भाैतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालले देश बिकासकाे भूमिकामा शैक्षिक व्यक्तित्वहरुकै हातमा रहने बताएका छन् । मन्त्री दुलालले देशकाे शैक्षिक तथा बाैद्धिक तप्कामा स्वदेशमै केहि गराै भन्ने चिन्तनसहितकाे धारणा र दक्ष जनशक्तिकाे बिकास नभएसम्म देश बिकास नहुने तर्क गरे ।

उक्त कुरा बिहिबार वनदेबी माध्यमिक विद्यालयको २६ आै बार्षिकोत्सव अभिभावक भेला, तथा भूतपूर्व बिद्यार्थी पुर्नर्मिलन समारोहलाई सम्बाेधन गर्दै व्यक्त गरेका हुन् । उनले बिकासकाे लागि धेरै परिकल्पनाहरु गरेकाे त्याे पुरा गर्ने चरणमा लागि परेकाे बताए ।

वनदेबीको बार्षिककोत्सव कार्यक्रमको प्रमूख अतिथीको निम्तालाई स्वीकार्दै चाैतारा पुगेका   मन्त्रीले पूर्व विव्यस अध्यक्ष प्रबिणकुमार घलेले भाैतिक र शैक्षिक बिकासमा जिम्मेवारीपूर्वक पुरा गरेकाे भूमिकाकाे स्मरण गरेका थिए । उनले कुरा भन्दा काम बढी गर्ने कुरामा सवैकाे जाेड रहनुपर्छ भने ।

कार्यक्रमका बिशेष अतिथि चाैतारा साँगाचाेकगढी नगरपालिका उपप्रमुख सीता थपाले विद्यालयकाे आवश्यकतालाई हेरेर नगरले हरबखत सहयाेग गर्ने भनि विद्यालयको उत्तराेतर प्रगतिकाे कामना गरेकी थिईन् ।

चाैचारा बजार र बस्तीकाे तल्लाे छेउमा अवस्थित बिद्यालय , रमणीय,शान्त र वालमैत्री रुपमा रहेको छ । दृष्टिबिहिन स्राेतकक्षा र श्राेतकक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई आवाससहितकाे व्यवस्थापन रहेकाे छ । बिद्यालयमा प्राय चाैतारा आसपास र बाहिरबाट चाैतारा बसाेबास गर्नेका छाेराछाेरीहरुले अध्ययन गर्दै आईरहेको छन् ।
गाउँगाउँका बिद्यालयमा वालवाललिका न्यून रहेर बिद्यालयहरु आपसमा मर्ज गर्नुपर्ने अवस्थाहरु सिर्जना भईरहेकाे छ ।

जिल्लाको सदरमूकाम चौतारा मूख्य बजारमा जिल्लाकै जेठाे विद्यालय कृष्ण रत्न गंगा माध्यमिक नजिकै रहेता पनि यहाँको विद्यालयमा ५ सय  ३४ जना बिद्यार्थीहरु अध्ययन गरिरहेका छन् । वनदेबीका बिद्यार्थीहरुले नेपाली र अंग्रेजी दुवै माध्यमबाट सिकाई हासिल गरिरहेका छन् ।

बिद्यालयको प्रधानाध्यापक दिपक राइले प्रस्तुत गरेको बार्षिक प्रतिबेनदमा बिद्यालयले छाटै अवधिमा धेरै प्रगति गर्न सफल भएकाे उल्लेख गरेका थिए ।

बिबिध सास्कृतिक कार्यक्रमका बिच सम्पन्न बार्षिकोत्सव कार्यक्रममा मन्त्री युवराज दुलाल, चाैतारा साँगाचाेकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा , उपप्रमुख सीता थापा, सामाजिक बिकास समिति प्रमुख रामप्रसाद गाैतम, वडाध्यक्ष सिव श्रेष्ठलाई सम्मान गरिएकाे थियाे ।

त्यस्तै बिद्यालयलाई आर्थिक तथा भौतिक सहयोग पु्रयाउनेहरु समाजसेबी थापा हार्डवयर चाैताराका प्राेपाईटर भुपेन्द्र थापा , शान्तिदेबी एण्ड कन्स्ट्रक्सनका प्राेपाईटर तिर्थर्मान श्रेष्ठ र रामबहादुर स्मृति अक्षयकोषका संरक्षक डम्बर कुमारी गुरुङ लाई पनि सम्मान गरिएकाे थियाे ।

बिद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको थियो । त्यसैगरि अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने, कक्षागत रुपमा प्रथम, द्धितीय र तृतीय हुने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

शिक्षक दिल कार्किको सुबोध उद्घोषणमा सञ्चालित २६ औँ बार्षिकोत्सव कार्यक्रममा जनप्रतिनीधि, राजनीतिक दल, बुद्धिजीबी, समाजसेबी, जग्गादाता,चन्दादाता, शिक्षक, बिद्यार्थी,भूतपूर्व बिद्यार्थी , अभिभावक र संचारकर्मीहरुको सहभागितामा भव्यताकासाथ सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्