२०८१ भाद्र २३
                           

सिन्धुपुरानागाउँ माध्यामिक विद्यालयको हीरक महोत्सव तथा ६९ औँ अभिभावक सम्मेलन सम्पन्न

 

श्री सिन्धुपुरानागाउँ माध्यामिक विद्यालय मेलम्ची नगरपालिका वडा नम्बर ५ सिन्धुकोटको हीरक महोत्सव तथा ६९ औँ अभिभावक सम्मेलन सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवम् मेलम्ची नगरपालिकाकाका प्रमुख आइतमान तामाङले कार्यक्रमको उद्घाटन गर्दै ७५ औँ जन्म जयन्ती ( हीरक महोत्सव ) मनाउँदै गर्दा नेपाल सरकारको उच्च पदमा पुग्न सफल यस विद्यालयका पुर्व विद्यार्थी हरुलाई सम्मान गर्न पाउँदा आफुलाई खुशी लागेको उहाँले बताउनुभयो । उहाँले नगरपालिका भित्र शिक्षामा कसरी परिवर्तन गर्न सकिन्छ भनेर १३ वटै वडा भित्रका प्रधानाध्यापक हरुसँग अन्तर्कृया गरि सुझाब संकलन गरेको बताउनुभयो । उहाँले कुनै विद्यालयमा बिज्ञ भनेर नियुक्ती समेत गरेको बताउनुभयो ।

तामाङले नगरपालिकाको शिक्षा समितिले पठनपाठनको बिषयमा अनुगमनलाई तिब्रता दिँदै अनुगमनको क्रममा भेटिएका कमि कमजोरी लाई समाधान गर्दै गएको बताउनुभयो । नगर पालिका भित्रका केही विद्यालयहरुमा दिवा खाजा ,शिक्षक नियुक्ती लगाएतका गुनासो आइरहेकाले यसलाई छिटै ब्यबस्थापन गर्ने बताउनुभयो । उहाँले विद्यालयमा आबश्यक खेल मैदान , विद्यालयका भवन स्तरोन्नति लगाएतका बिषयमा नगरपालिका सँधै साथमा रहेको बताउनुभयो ।

कार्यक्रमका विषेश अतिथी एवम मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले यस विद्यालयका पुर्व विद्यार्थी हरु धेरै संघ संस्थाको उच्च पदमा कार्यरत रहनु एउटा गर्व गर्ने क्षण रहेको बताउनुभयोे । उहाँले विद्यार्थी हरुलाई पढाउने मात्र भन्दा पनि अन्य क्रियाकलापमा पनि ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

नगरपालिकाले विद्यालयमा स्काउट, शिक्षक खेलकुद शिक्षक र नृत्य शिक्षकको नियुक्ती गर्ने बताउनुभयो । विद्यालयलाई उचाईमा पुर्याउन शिक्षक, विद्यार्थी लगाएतको महत्त्वपूर्ण भुमिका हुने भन्दै सबैमा हातेमालो गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मेलम्ची नगर पालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजु रायमाझी ,मेलम्ची नगरपालिकाका निवर्तमान उप प्रमुख भगवती नेपाल नेपाल ,प्रहरिका प्रहरी बरिस्ठ उपरीक्षक ( एस एस पि ) एवम विद्यालयका पुर्व विद्यार्थी धुर्ब राउत जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्णप्रसाद सुवेदी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रगती प्रतिवेदन विद्यालयका प्रधानाध्यापक कुमार खतिवडाले प्रस्तुत गर्नुभएको थियो भने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजेन्द्र रायमाझीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यालयका पुर्व विद्यार्थी चन्दादाता र हाल स्वास्थ्य तर्फ निजामती तर्फ र पत्रकारिता तर्फ योगदान पुर्याउने पुर्व विद्यार्थी हरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय स्थानिय तथा विद्यार्थी कलाकाल हरुको सँस्कृतिक प्रस्तुती रहेको थियो

प्रतिक्रिया दिनुहोस्