मेलम्ची सिन्धुपाल्चोक – सामुदायिक मेलमिलाप कर्ता समाज नेपाल जिल्ला शाखा सिन्धुपाल्चोकको छैठौं साधारण सभाको तथा तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अग्नि कुमार दनुवारलाई सर्वसम्मत कार्यसमिति अध्यक्षमा निर्वाचित गराएको हो ।
कार्यसमितमा अध्यक्षमा अग्नि कुमार दनुवार उपाध्यक्षमा च्याङ्गा तामाङ सचिवमा सुरज ढकालल र कोषाध्यक्षमा हिरा सिलवाल सहित सदस्यहरु नवराज धिताल ,सोनाम तामाङ ,भवनाथ थापा, बुद्धि कृष्ण लामिछाने ,चरित्र कुमार श्रेष्ठ ,हिरालाल श्रेष्ठ ,ठाकुर गिरि ,राजेन्द्र कुमार भण्डारी गरि १२ सदस्यीय कार्यसमिति निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक उद्दब अधिकारीले जानकारी दिनुभयो ।
उहाका अनुसार १२ वटै पालिकाबाट केन्द्रीय प्रतिनिधिको रुपमा मेलम्ची नगरपालिका बाट हरि प्रसाद धिताल, बलेफि गाउँपालिका टिका सुवेदी, जुगल गाउँपालिका हिरा माया सिलवाल, बाह्रबिसे नगरपालिका भगवान थापा, सुनकोसी गाउँपालिकाबाट तेजबहादुर खत्री ,भोटेकोसी गाउँपालिका चेङा तामाङ , त्रिपुरासुन्दरी गाउँपालिका बम बहादुर राउत , चौतारा नगरपालिका नेत्र धिताल, इन्द्रावती गाउँपालिका उद्दव अधिकारी ,पाँचपोखरि गाउँपालिका नवराज धिताल, हेलम्बु गाउँपालिका यम बहादुर ज्योति र लिसंखुपाखर गाउँपालिका हिरालाल श्रेष्ठ छनौट भएका हुन ।
प्रतिक्रिया दिनुहोस्