२०८१ भाद्र २३
                           

तेर्से सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न

मेलम्ची नगरपालिका वडा नम्बर -६ स्थित तेर्से सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी मेलम्ची -६ का अध्यक्ष प्रेमबहादुर तामाङले सहकारीबाट लिएको ऋण सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले ऋण लिएर तिर्नु पर्दैन भन्ने मानसिकता त्याग्न आग्रह गर्दै जसरी पनि तिर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीलाई वडा संग सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो ।

सहकारीका अध्यक्ष सुनिता पराजुलीले ऋण दिने बचत गर्ने मात्र नभै यस सहकारी कृषि सहकारी रहेकाले नगरपालिकासंग समन्वय गरि कृषिको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

उहाँले सहकारीलाई ब्यक्तिगत नसोची सामुहिक सोच्न आग्रह गर्नुभयो । मेलम्ची -६ कार्यक्षेत्र रहेको सहकारीको ७६८ सदस्य रहेका छन ।

प्रतिक्रिया दिनुहोस्