२०८१ भाद्र २३
                           

थाङपालकोट कृषि सहकारी संस्थाको ७ औं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सकियो

पाँचपोखरी थाङपाल गाउँपालिका ४  स्थित थाङपालकोट कृषि सहकारी संस्थाको ७ औं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन आज सम्पन्न भएको । गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारीका ब्यबस्थापक मनप्रसाद श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले देश धनी हुनका लागी किसान धनी हुनपर्ने बताउनुभयो । उहाँले गाउँगाउँमा सहकारी घर घरमा रोजगारीको अवधारणा अनुसार संचालन भएको सहकारी अभियानले अहिले किसान,मजदुर लगायतको समस्याको समाधानका लागी टेवा पुर्याइरहेको बताउनुभयो ।

अध्यक्ष लामाले बिधि पद्धति र सहकारीको सिद्धान्त अनुसार चल्ने सहकारी कहिले पनि घाटामा नजाने भएकाले सहकारीहरु सिद्धान्त अनुसार चल्न पर्ने बताउनुभयो । उहाँले गाउँपालिकामा ४५ वटा सहकारी दर्ता भएपनि ५/७ वटा भन्दा धेरै सहकारी बिधिमा नचलेको बताउनुभयो । कार्यक्रमका विशेष अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष कुलबहादुर बस्नेतले सहकारी मार्फत ऋण लिएर ब्यबशायी बन्न आग्रह गर्नुभयो । उहाँले जुन उदेश्यले ऋण लगिएको हो त्यहीँ उदेश्यले काम गर्न सकियो भने ऋण फिर्ता गर्न समस्या नहुने बताउनुभयो । उहाँले ऋण लगेर नतिर्ने हरुलाई वडाको अधिकार भएसम्म कारबाहीको दायरामा ल्याउन आफुले प्रयत्न गर्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष टेकबहादुर श्रेष्ठले बाटोमा,होटलमा चोकमा बसेर सहकारी यस्तो र उस्तो भन्नु भन्दा आधिकारिक ठाउँमा बसेर चित्त नबुझेका कुरा उठाउन आग्रह गर्नुभयो । उहाँले आफु अध्यक्ष भइसकेपछि गरेका कामको बारेमा जानकारी गराउँँदै मल वितरण,किसान लक्षित कार्यक्रमहरु प्रभावकारी भएको बताउनुभयो । ब्यबशायीक हिसाबले काम गर्न सुझाउदै अध्यक्ष श्रेष्ठले सहि ठाउँमा लगानी गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पुर्व ऋण समिति संयोजक रामकुमार बस्नेत, मानेखर्क महिला साना किसान कृषि सहकारीका उपाध्यक्ष सरला श्रेष्ठ,थाङपाल भ्याली माध्यमिक विद्यालयका अध्यक्ष सुन्दर सापकोटा लगायतले सुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा स्वागत लक्ष्मीबहादुर श्रेष्ठले गर्नुभएको थियो ।२९६ जना शेयर सदस्य रहेको सहकारीको ८ लाख १६ हजार नगद मौज्दात रहेको छ । २ लाख ५९ हजार स्थिर सम्पत्ती रहेको सहकारीको २० लाख ६८ हजार शेयर पुँँजी संस्थाका ब्यबस्थापक मनप्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष टेकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम राजन खत्रीले संचालन गर्नुभएको थियो । वार्षिक साधारणसभाको अवसरमा युवा स्वरोजगारका कृषक,उपस्थित अतिथि,विभिन्न समितिका पदाधिकारी समाजसेवी लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्