२०८१ भाद्र २३
                           

भोटेनाम्लाङको विकासमा सहयोग गर्ने सांसद तामाङको प्रतिबद्धता

पाँचपाेखरीकाे भाेटेनाम्लाङ्गमा नाम्लाङ्ग चिलिङ जात्रा तथा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।धर्म, भाषा, संस्कृति हाम्राे पहिचान, नाम्लाङ्ग चिलिङ जात्रा संरक्षण गर्नु हामी सबैकाे अभियान, भन्ने मूल नारा बाेक्दै आज पाँचपाेखरी थाङ्पाल गाउँपालिका वडा नं ७ भाेटेनाम्लाङ्गमा जात्राका साथै वृहत सांस्कृतिक कार्यक्रम भएकाे हाे ।

उक्त सांस्कृतिक कार्यक्रममा चर्चित सेलाे गायक आस्मान लाेप्चन, सेलाे गायिका राेशना लुङ्बा, दाेहाेरी गायिका गीता याेञ्जन, सेलाे गायिका पूजा बम्जन, खन्दाेके गायक प्रेम याेञ्जन र हाँस्या कलाकार विशाल तामाङकाे टाेलीले मनोरञ्जन प्रदान गर्नुभयो । साथै नाम्लाङ लगायतका स्थानिय झाँक्री प्रस्तुति पनि थियो ।

नाम्लाङ्ग चिलिङ जात्रा संरक्षण समितिकाे आयाेजनामा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले समिरले यस बर्ष धेरै बजेट परेको बताँउदै छुटेका स्थानमा आगामी बर्ष बजेट बिनियोजन गर्ने बताउनुभयो । उहाँले भोटेनाम्लाङको विद्यालय, सडक , शिक्षा लगायतमा आगामी बर्ष थप बजेट ल्याउने प्रतिबद्धता जनाउनुभयो ।उहाँले सँस्कृती जोगाउन आफुले पनि सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रमकाे संचालन तामाङ चलचित्रका चर्चित नायिका तथा माेडल सुनिता लुङ्बाले गर्नुब्बएको कार्यक्रम संयाेजक तथा समितिका सचिव अमिर याेञ्जन तामाङले बताउनुभयो ।कार्यक्रममा काङ्रेस नेता समाजसेवि प्रकाश सापकोटा , वडा अध्यक्ष सुके तामाङ , वडा सदस्य देवराज गुरुङ लगायतले धारणा राख्नुभयो ।

यस स्थानमा प्रत्येक वर्षकाे माघ १ गतेका दिन ठूलाे मेला लाग्ने गर्दछ। यस चिलिङ मन्दिरमा दर्शन गर्नका लागि विभिन्न ठाउँबाट मानिसहरु आउने गरेकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्