२०८१ भाद्र २३
                           

चौतारा नगरपालिकाले नगरभित्रका बुहारीहरुलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिने

चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्ना नगरभित्रका बुहारीहरुलाई उच्च शिक्षा अध्ययन गर्नका लागि छात्रवृत्ति उपलव्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नगर विकास योजना अनुसार महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा नगरपालिकाद्वारा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत बुहारीहरुलाई छात्रवृत्ति उपलव्ध गराउन लागेको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दे माघ ९ गतेभित्र नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा आवेदन दिन आग्रह गरेको छ ।

नगरपालिकाभित्रका शैक्षिक संस्था र जलबीरे भ्यालि क्याम्पसमा अध्ययनरत बुहारीहरुले शीघ्र निवेदन दिन उपप्रमुख सीता थापाले आग्रह गर्नुभयो । उहाँको अनुसार निवेदकले सम्वन्धित वडाको सिफारिस, नागरिकताको प्रतिलिफि विवहा दर्ता प्रमाणपत्रको प्रतिलिपि, अध्ययनरत शैंक्षिक संस्था एवम् क्याम्पसको सिफारिस, प्रविणता र प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, अध्ययनरत शैक्षिक संस्थाको भर्ना रसिद वा परीक्षामा सहभागि हुने प्रवेश पत्रको प्रतिलिपि र निवेदनसहित शाखामा आवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्