सिन्धुपाल्चोक, ६ पुस
राम्रो परिणाम आउनेगरि काम गरिरहेकाे बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङले बताउनुभएको छ । हेलम्बु-२ स्थित ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा उद्घाटन तथा प्राण- प्रतिष्ठा `राब्ने´ पुजा कार्यक्रममा आफ्नाे भनाई राख्दै तामाङले चुनावी प्रतिवद्वताहरू पूरा गर्न शुरू गरिसकेकाे बताउनुभयो ।
निर्वाचित भएकाे १ बर्षमा आफ्नाे क्षेत्रकाे प्रत्येक वडामा ३,४ कराेड बजेट ल्याउन सफल भएकाे उहाँले दावी गर्नुभयो । माघ देखि तिब्र गतिमा काम शुरू भएकाे बताउँदै यस बर्ष बजेट नपरेकाे ठाउँमा अर्काे बर्ष बजेट विनियाेजन गर्ने तामाङले प्रतिबद्वता ब्यक्त गर्नुभयो । ५ बर्ष भित्र सबै प्रतिबद्वता पूरा गर्ने उहाँको भनाइ छ । ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा नागरिक स्तर बाट बनेकाे र याे देशकै नमुना गुम्बा हुनसक्ने तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्