चौतारा ,६ फागुन- चौतारा साँगाचोकगढी नगर स्तरिय मैत्रीपूर्ण महिला फूटबल प्रतियोगिताको उपाधिको लागी जनप्रतिनिधि र शिक्षिकाको टिम भिड्ने भएका छन् । खेल टुडिखेल स्थित खेल मैदानमा विहान ९ः३० बाट सुरु हुने छ । यस्तै तृतिय स्थानका लागी विहान ८ः३० बाट महिला पत्रकार र नगर महिला कर्मचारीबिच प्रतिस्पर्धा हुने भएको छ ।
संजालकि सचिब तारादेवी रानाका अनुसार पत्रकार र शिक्षिकाबीच भएको प्रतिस्पर्धामा २ का विरुद्ध ० ले शिक्षीका टिम विजय भएको थियो । लगत्तै नगर कर्मचारी र जनप्रतिनिधि बीचको खेलमा जनप्रतिनिधि टिमले जितेको हो ।
आज भएको चौतारा साँगाचोकगढी नगर स्तरिय मैत्रीपूर्ण महिला फूटबल प्रतियोगिताको पहिलो खेलमा चौतारा साँगाचोकगढी नगरपालिकाका महिला कर्मचारी विजयी भएको थियो । आयोजक संस्था नगर महिला संजाल विरुद्ध शुन्यको विरुद्ध ३ गोल गर्दै कर्मचारीले विजय हासिल गरेको हो । खेलको शुरुआतदेखि नै संजाललाई दवावमा राख्न सफल कर्मचारीका तर्फबाट जर्सी न ५ की खेलाडी मन्जु रोक्का मगरले २ गोल र जर्सी नम्बर ४ की दीपा खड्गी श्रेष्ठले गोल गरेकी थिइन् ।
त्यस्तै दोस्रो खेल अन्तर्गत भएको प्रतियोगितामा सञ्चारकर्मी सम्झना कार्कीले गरेको गोल नै निर्णायक गोल बन्यो । पत्रकार र वित्तीय संस्थाको संयुक्त टोलि र सहकारी महिला कर्मचारीबीच भएको प्रतियोगितामा शून्यको विरुद्ध १ गोल गर्दै पत्रकार ÷ वित्तीय संस्थाको संयुक्त टोलि विजयी भएको थियो ।प्रतियोगिताको उद्घाटन नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्