२०८१ भाद्र २३
                           

बाह्रबिसेमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु ,४ जना घाईते 

चौतारा ,९ फागुन
सिन्धुपाल्चोकको बाह्रबिसेमा बोलेरो दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ भने अन्य ४जना घाईते भएका छन् । दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

बाह्रविसे नगरपालिका–७ नागपुजेबाट बाह्रविसे बजार आउँदै गरेको बोलेरो  अँधेरी खोलामा बिहान ११ बजेको समयमा बाह्रबिसे तर्फ जान लागेको  बा १२ च ४९९१ बोलेरो बोलेरो जीप दुर्घटना  भएको हो । दुर्घटना के कारणले भएको भन्ने नखुलेको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्