२०८१ भाद्र २३
                           

बाल संरक्षण मेला ईन्द्रवतीको ऐसेलुखर्क मा.विमा सम्पन्न

सिन्धुपाल्चोक ,१० फागुन
बाल संरक्षण मेला ईन्द्रवती गाउँपालिका वडा नम्बर ५ स्थीत ऐसेलुखर्क माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ। बिहिबार एक कार्यक्रमका बिच बाालश्रम,बालबिवाह,मानव बेचविखन ,लैङ्गिक हिंसा जस्ता अपराध दुरुत्साहन तथा नेपालको कानुनी व्यवस्था र बाबालिकाको अधिकार सम्बन्धी जनचेतना फैलाउने उधेश्यले ऐसेलुखर्क माध्यमिक बिद्यालयबाट यो मेला आयोजना गरिएको रेष्टका अध्यक्ष यज्ञ प्रसाद दंगालले बताउँनुभयो ।

kkkkkk1708612093.jpg

ऐसेलुखर्क माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले बालबालिकाको परिचय,बालअधिकार भनेको के हो,बालअधिकारभित्र पर्ने अधिकारहरु केके हुन,बालश्रम कस्तो हो, बालश्रमलाई न्युनिकरण गर्न अभिभावक र स्थानीय सरकारको भुमिका के रहन्छ ,बालबिवाह भनेको के हो,बालबिवाहले निम्त्याउने असर,कारण , हिंसा सम्बन्धी लगाएतका बिषयमा बिभिन्न स्टलहरु बिधार्थीले प्रर्दशन गरी जानकारी गराएका थिए। रेष्टका अध्यक्ष यज्ञ प्रसाद दंगाल ,प्रमुख अतिथी शशीनाथ आचर्य,शिक्षक र नवलपुर मा.विका बिधार्थीहरुले प्रर्दशन गरिएका स्टलहरुको अबलोकन सगैँ जानकारी लिएका थिए ।

423454852_1505750220040085_7188722858456909587_n1708612064.jpg

सो बाल संरक्षण मेलालाई सम्बोधन गदै गाउँपालिका प्रवता तथा ५ नम्वर वडा अध्यक्ष शशीनाथ आचर्यले गाउँपालिकाले बालबालिकाको अधिकार र हितकाका लागि छात्रृविद्धि दिदै आएको र पालिकाले बालक्लव गठन ,जनचेतनामुलक कार्यक्रमहरु गदै आईरहेको बताउँनुभयो । साथै प्रर्दशनी गरिएका जनचेतनामुलक स्टलहरुले आफु उत्साहित भएको भन्दै यसप्रति बिधार्थीहरुबाट उठेका प्रश्नहरुको सम्बोधन समेत गर्नुभएको थियो ।

423472057_331495473190620_3059551489433494457_n1708612065.jpg

ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठी रेष्ट (पैरवी समुह)को आयोजनामा रेष्टका अध्यक्ष यज्ञ प्रसाद दंगालको सभाध्यक्ष र गाउँपालिका प्रवतmा तथा ५ नम्वर वडा अध्यक्ष शशीनाथ आचर्यको प्रमुख आतिथ्यतामा बाल संरक्षण मेला सम्पन्न भएको हो ।

423454662_1077137666873493_1783464190313420838_n1708612058.jpg

423599818_1767439657077157_5675677303951309802_n1708612067.jpg

423454852_1505750220040085_7188722858456909587_n1708612064.jpg

प्रतिक्रिया दिनुहोस्