२०८१ भाद्र २३
                           

मेलम्ची नगर बाल सञ्जालको अध्यक्षमा अस्मिता तामाङ

मेलम्ची नगर बाल सञ्जालको अध्यक्षमा अस्मिता तामाङ चयन हुनु भएको छ । आज मेलम्चीमा भएको भेलाबाट उपाध्यक्षमा रन्जिता गिरी, सचिवमा चुनाव भएकोमा १३ मत सहित सलिना गिरी निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक लेखनाथ भट्टराईले जानकारी दिनुभयो । त्यस्तै सह सचिवमा कृष्टिना अधिकारी सहित १५ सदस्यीय नगर बाल सञ्जाल गठन गरिएको भट्टराईले जानकारी दिनुभयो ।

अहिले १३ सदस्य रहेकोमा एक जना अपांग र एक अल्पसंख्यकबाट गरि २ जना पछि मनोनीत गरिने बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुझ आइतमान तामाङले १ बर्ष समय कम भएकाले कम्तिमा संजालको समय बढाइने बताउनुभयो ।बालबालिका भबिस्यको कर्णधार रहेको भन्दै उहाँले अहिले मेहनत गरेर योजनका साथ लाग्न बालबालिकालाई आग्रह गर्नुभयो ।उहाँले सक्षम नेतृत्व भए काम गर्न सजिलो हुने बताउनुभयो । महिला बालबालिका तथा समाबेसीकरण शाखाका प्रमुख राजेन्द्र दुलालले बाल सञ्जाल गठन , कानुन लगायतका बारेमा जानकारी गराउनुभयो ।

संजालकी निवर्तमान अध्यक्ष सरिता नेपालीले एक बर्षमा गरेको कार्य बारे जानकारी गराउनुभयो ।उहाँले १ बर्षमा बाल बिबाह लगायत अन्य सचेतनामुलक, अन्तरक्रिया, क्षमाता विकास तालिम, बाल श्रम न्यूनीकरणको लागि प्रयास, बिचमै विद्यालय छोड्ने कारण र त्यस्को निराकरण, आत्मरक्षा तालिम, बालमैत्री वडा घोषणामा सहजिकरण लगायत कार्य गरिएको जानकारी दिनुभयो । नव निर्वाचितहरुलाई उपप्रमुख उमा प्रधानले प्रमाणपत्र प्रदान गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।उहाँले सक्रिय भएर लाग्न संजालका पदाधिकारीलाई आग्रह गर्दै उज्वल भबिश्यको कामना गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्