२०८१ भाद्र २३
                           

सिलाई कटाई तालिम सकियो ,एउटै व्यक्तिले सबै तालिम नलिन उपमेयर थापाको अनुरोध

सिन्धुपाल्चोक , १९ फागुन
आधारभूत सिलाईकटाईको तालिम लिएर व्यवसायमा रहेका महिलाहरुका लागि दक्षता अभिवृद्धि तालिम सकिएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका, ५ नम्बर वडास्तरिय महिला सञ्जालद्वारा आयोजित ४५ दिने लेबल टु कक्षा तयारीे तालिम शनिबार सम्पन्न भएको हो । कार्यक्रममा उपमेयर थापाले एउटै व्यक्तिले सबै तालिम नलिन अनुरोध गर्नुभएको छ । एउटै व्यक्ति हरेक तालिममा सहभागि हुनुभन्दा आफूले लिएको एउटै तालिममा दक्षता हासिल गर्दे आत्मनिर्भर बन्नेतर्फ अग्रसर हुन अनुरोध गर्नुभयो ।

उहाँले आफुलाई तालिमबाट के परिणाम आयो भनेर जनताले सोध्ने गरेको र आफूले यी र यस्ता कार्यक्रमबाट के परिणामा आयो भनेर आयोजकले सोध्नुपर्ने भएकाले कुनै पनि कार्यक्रम परिणाममूखी हुनुपर्नेमा जोड दिनुभयो । यस्तै चौतारा सााँगाचोकगढी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष शिव श्रेष्ठले तालिम प्राप्त गरेपछि त्यसलाई कार्यान्वयन गर्दै आयआर्जनमा जोड्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्